27/04/2026
तनाब तथा (Overthinking) नियन्त्रण गर्ने उपायहरू
आजकलको सबैभन्दा ठूलो समस्या भनेको दिमाग नरोकिनु हो—कहिले नकारात्मक सोच, कहिले भावनात्मक बोझ त कहिले विना अर्थको चिन्ता। सुरुमा हामीलाई लाग्छ कि हामी समस्याको समाधान खोज्दैछौं, तर बिस्तारै त्यही सोचले हामीलाई थकाउँछ, ऊर्जा समाप्त पार्छ र उत्पादकत्व घटाउँछ।
सत्य यो हो कि अति-सोचमा सकारात्मकता टिक्दैन, यसको एक सीमा हुन्छ—त्यसपछि मस्तिष्क स्वतः नकारात्मकता तर्फ जान थाल्छ। यदि यो रोकिएन भने, तपाईं बिस्तारै आफ्नै सोचको जालमा फस्नुहुनेछ—जहाँ न स्पष्टता हुन्छ, न त शान्ति।
१. कानको इनपुट (सुन्ने कुराहरू ) बदल्नुहोस् - मन आफैं शान्त हुनेछ
सबैभन्दा पहिले तपाईंले सुन्ने बानी परिवर्तन गर्नुपर्छ। हामी आज जे सुन्छौं—गीत, कुराकानी, समाचार, सामाजिक सञ्जाल—तिनीहरूले हाम्रो मस्तिष्कका रसायनहरूलाई नियन्त्रण गर्छन्।
• दुखी गीत सुन्नुभयो भने: मुड पनि त्यस्तै हुनेछ।
• भावनात्मक भिडियो हेर्नुभयो भने: तपाईं त्यसमै बहकिनुहुनेछ।
• थरिथरिका गीतहरू लगातार सुन्दा: दिमाग अलमलिन्छ।
यसको समाधान के त?
तपाईं शास्त्रीय संगीत (Classical Music) सुन्न सुरु गर्नुहोस्। यसमा शब्दहरू हुँदैनन्, त्यसैले बाह्य भावनाहरू तपाईंमाथि लादिँदैनन्। त्यहाँ केवल धुनहरू हुन्छन् जसले बिस्तारै तपाईंको दिमागलाई सन्तुलित बनाउँछ।
लगातार केही दिन सुन्नुभयो भने तपाईंले आफैंमा सुधार महसुस गर्नुहुनेछ:
• मन शान्त हुन थाल्छ।
• मुड स्थिर हुन्छ।
• यहाँबाट लगभग २५% सुधार सुरु हुन्छ।
२. आँखाको नियन्त्रण - सामाजिक सञ्जाल र दृश्य सन्तुलन
अर्को ठूलो इनपुट तपाईंले के देख्नुहुन्छ भन्ने हो। सामाजिक सञ्जालमा:
• सधैं नयाँ अनुहारहरू
• नयाँ जीवनशैली
• तुलना, प्रभाव र भ्रम
यसले बिस्तारै तपाईंको आफ्नो पहिचानलाई दबाउँछ र तपाईं अरूको ढाँचाको मिश्रण बन्नुहुन्छ।
त्यसैले:
• हेर्ने समय सीमित गर्नुहोस् (५-१० मिनेट)।
• काम नलाग्ने कुराहरू हटाउनुहोस्।
• व्यर्थका सामग्रीहरूलाई "Not Interested" बनाउनुहोस्।
सबैभन्दा महत्त्वपूर्ण - प्रकृतिलाई हेर्नुहोस्:
सूर्योदय, सूर्यास्त, उडिरहेका चराहरू, नदी, रुख र आकाश। यी कुराहरू मानवनिर्मित होइनन्, त्यसैले यिनले तपाईंलाई प्राकृतिक सन्तुलनमा ल्याउँछन्। प्रकृतिलाई हेर्दा भित्रैदेखि स्थिरता आउँछ, तुलना गर्ने बानी हट्छ र तपाईंको वास्तविक पहिचान प्रकट हुन्छ।
३. मौनता र बोल्ने बानी - आफ्नै आवाजबाट जोगिनुहोस्
तेस्रो महत्त्वपूर्ण कुरा—तपाईं के बोल्नुहुन्छ? हामी अक्सर:
• विना कारण गफ गर्छौं।
• अरूको कुरा काट्छौं।
• नकारात्मक विषयमा छलफल गर्छौं।
समस्या यो हो कि तपाईं जे बोल्नुहुन्छ, तपाईंको कानले त्यही फेरि सुन्छ र त्यो सोचाइ कैयौँ गुणा बढेर जान्छ।
त्यसैले:
• कम बोल्नुहोस्।
• राम्रो कुराहरू मात्र बोल्नुहोस्।
• दैनिक सकारात्मक आत्मासुझाब गर्नुहोस्।
आफ्नो कुराकानीका विषयहरु बदल्नुहोस्:
• स्वास्थ्य, लक्ष्य, सिकाइ र सम्भावना सकारात्मकता।
सुरुमा मानिसहरूले तपाईंलाई 'बोरिङ' ठान्न सक्छन्, तर बिस्तारै उनीहरूले तपाईंको महत्त्व बुझ्नेछन्।
४. थोरै एकान्त - दिमाग रिसेट गर्न आवश्यक
दिनभरिमा केही समय यस्तो निकाल्नुहोस्:
• जहाँ कुनै आवाज नहोस्।
• कुनै स्क्रिन (मोबाइल/टीभी) नहोस्।
• केवल तपाईं र तपाईंको शान्ति होस्।
नदीको किनार, पार्क, छत वा कुनै पनि शान्त ठाउँ—यसले तपाईंको दिमागलाई 'रिसेट' गर्छ।
५. रातको बानी पनि बदल्नुहोस्
• दुःखदायी संगीतहरुबाट टाढा रहनुहोस्।
• चम्किलो प्रकाश कम गर्नुहोस्।
• सुत्नुअघि दिमागलाई शान्त पार्नुहोस्।
यी साना कुराहरूले तपाईंको मस्तिष्कका रसायनहरूलाई सन्तुलित बनाउँछन् र निद्रामा सुधार ल्याउँछन्।
वास्तविक परिवर्तन कसरी आउँछ?
यो एक दिनको काम होइन। ३ देखि ९ हप्तासम्म लगातार यी काम गर्नुहोस्:
१. सुन्ने कुरा बदल्नुहोस्। ( राम्रा ज्ञानवर्दक )
२. हेर्ने नजर बदल्नुहोस्। ( कमेडी, साहित्य, फिल्म)
३. बोल्ने कुरा बदल्नुहोस्।( सकारात्मक, समाधान, सुन्दर)
तपाईंले आफैंमा परिवर्तन देख्नुहुनेछ:
• अति-सोच कम हुनेछ।
• मुड स्थिर हुनेछ।
• ऊर्जा बढ्नेछ र मनमा शान्ति मिल्नेछ।
• सबैभन्दा महत्त्वपूर्ण कुरा—तपाईं आफ्नो वास्तविक पहिचानको नजिक पुग्नुहुनेछ।
अन्य विस्तृत जानकारीको लागि
हिमालयन मानसिक उपचार केन्द्र
पोखरालाई सम्झनुहोस्