24/06/2026
👉किन Endoscopy गर्ने ?
I . Endoscopy एन्डोस्कोपी सुरक्षित छ कि छैन?
✅सामान्यतया एन्डोस्कोपी सुरक्षित प्रक्रिया मानिन्छ
✅Endoscopy मा कुनै chemical हुदैन ।
✅Xray जस्तो किरण पनि हुदैन ।
✅बत्ति बालेर पेट भित्र जाने पातलो flexible लामो pipe हो ✅Expert ले गर्ने हुदा कुनै घाउ हुने , लछार्ने भन्ने कमै हुन्छ
.............. ............................ .............
II . 👥 वर्षमा कति पटक एन्डोस्कोपी गर्न मिल्छ?
👉सामान्य अवस्थामा नियमित रूपमा वर्षमा पटक–पटक एन्डोस्कोपी गर्नु पर्दैन। आवश्यकता अनुसार मात्र चिकित्सकले सुझाव दिन्छन्।
👉यदि सामान्य जाँच वा निदानका लागि गरिएको हो भने धेरै वर्षसम्म दोहोर्याउनुपर्दैन।
👉तर कुनै रोग (जस्तै पेटको अल्सर, बायोप्सी निगरानी, क्यान्सर स्क्रिनिङ वा उपचारको पछ्याइ) भएमा चिकित्सकले वर्षमा २/३ पटक वा आवश्यक परे त्यसभन्दा बढी पनि गर्न सिफारिस गर्न सक्छन्।
👉 अल्सर देखिएका बिरामिहरु मा उपचार पछि अल्सर निको भयो कि भएन भनेर पनि १/२ महिना पछि पनि repeat Endoscopy गर्न पर्छ ।
.............. ............................ .............
III. Endoscopy एन्डोस्कोपी क कसले गर्ने (Indications)
१.पेट वा आन्द्रामा निरन्तर दुखाइ हुनु
२• वाकवाकी, बान्ता, वा अज्ञात कारणले तौल घट्नु
३• रगत वाकवाकी वा दिसामा रगत देखिनु- कालो दिसा
४.पेटमा अल्सर, पोलिप, ट्युमर वा क्यान्सरको शंका
५• लगातार पेट जल्ने (Acid reflux / GERD)
६• निल्न गाह्रो हुने समस्या (Dysphagia)
७• दीर्घकालीन पखाला वा आन्द्रासम्बन्धी समस्या
......................... ........:::;;;;;:...................
👉 संक्षेपमा भन्नुपर्दा, एन्डोस्कोपी सुरक्षित छ, तर कति पटक गर्नुपर्ने भन्ने कुरा तपाईंको स्वास्थ्य अवस्थामाथि र चिकित्सक को जाच र बुझाइ मा निर्भर रहन्छ ।
अन्नपूर्ण अस्पताल शिवचोक -10 पोखरा
061577784/9856019185