Dr. Norman Lamichhane

Dr. Norman Lamichhane Introducing Dr. Norman Lamichhane who is Orthopedic Surgeon currently residing in Pokhara.

He is Gold Medalist of IOM, Tribhuwan University in the Orthopedics Department.

26/08/2026

#बिरामीकाकथा
सँधै झैँ ओ.पि.डि. मा बिरामी हेर्दै बसिरहेको थिएँ।एकजना ६० वर्ष हाराहारीको बुवा आउनुभयो।
"नमस्कार बाबु"
"नमस्कार बुवा, सन्चै हुनुहुन्छ?"
"बिरामी भएर आएको नि बाबु, हजुर फेरि आउनुभएको रहेछ, हजुरसँग जचाउन पाउने भएँ, खुसी लाग्यो। मेरो ढाड दुखेको छ, पहिले पनि हजुरले नै हिँड्ने बनाउनुभएको हो।"

म ओ.पि.डि. बुक पल्टाउन लागेँ। उहाँले ७ वर्ष पहिले पनि मलाई देखाउनु भएको रहेछ। ओ.पि.डि. बुक साह्रै जतन गरेर राख्नुभएको रहेछ। उहाँको जाँच गरेर x-ray गर्न पठाएँ। रिपोर्ट हेरेपछि केही औषधि र फिजियोथेरापी गर्न सुझाएँ।
भोलिपल्ट फिजियोथेरापी गर्नु अगाडि एउटा सानो प्लास्टिक को झोलामा केही लिएर मेरो ओ.पि.डि. मा आउनुभयो र मलाई दिनुभयो।
"आज कस्तो छ बुवा?के , हो बुवा यो?"
"मलाई राम्रो हुँदैछ।बारीमा एउटा चाइनिज कागती रोपेको थिएँ, थोरै फले, तर मिठा छन्।"
"यो त हजुरलाई नै राम्रो हुन्छ नि भिटामिन सि हुन्छ, म त ठिकै छु।"
"मैले खाँदा म मात्र ठिक हुन्छु , हजुरले त म जस्ता धेरैलाई ठिक पार्नुहुन्छ।"
मैले उहाँको महान विचार सुन्दै गर्दा स्वास्थ्यकर्मी कुटिएका घटना सम्झिएँ। हामी technology,मा advanced भएका छौँ तर यस्ता महान बिचारमा ह्रास आएको छ।

कागती हेरें, ति refrigerator मा store भएका जस्ता थिएनन्, सायद पराल वा अन्य यस्तै कुरामा store भएका जस्ता, तर texture मा केही बिगार नभएको।

मेरो बिहान सँधै hot lemon पिउने बानी छ।आज तिनै अग्रजले ल्याइदिनुभएको कागती प्रयोग गरें। उत्कृष्ट स्वाद थियो, तर त्यो भन्दा सुन्दर त त्यसमा मिसिएको माया, आशिर्वाद, सौहार्दता।
त्यसैले मेरो दिन थप उर्जावान भएको छ।
बुवा केही दिन फिजियोथेरापी गर्न आउँदा नमस्कार गर्दै मेरो ओ.पि.डि. मा मुस्कान छरेर जानुहुन्थ्यो, र म पनि त्यसरी नै नै फर्काउँथे।
उहाँलाई सायद थाहा छैन त्यो मुस्कानले यो डाक्टरलाई अझ जिम्मेवारीपूर्ण हुन प्रेरित गरिरहेको छ।

जिवनमा सुखी हुन गाह्रो होला, तर खुसी हुन सजिलो छ।

13/08/2026
19/05/2026
18/11/2025
16/10/2025

अक्टोबर १६ — विश्व मेरुदण्ड दिवस (World Spine Day)

नारा: “मेरुदण्डमा लगानी गरौँ” (Invest in Your Spine)

मेरुदण्ड हाम्रो शरीरको आधार हो — यसले हामीलाई उभिन, हिँड्न र दैनिक गतिविधि सहजताका साथ गर्न मद्दत गर्छ। स्वस्थ मेरुदण्डले जीवनलाई सक्रिय, लचिलो र पीडामुक्त बनाउँछ। यस विश्व मेरुदण्ड दिवसमा यी १२ सरल तर प्रभावकारी उपायहरू अपनाएर आफ्नो मेरुदण्डमा लगानी गरौँ।



🦴 मेरुदण्डलाई स्वस्थ र सुखी राख्ने १२ उपायहरू
1. बढी समयसम्म बस्ने बानी घटाउनुहोस्
लामो समयसम्म लगातार नबस्नुहोस्। हरेक ३०–६० मिनेटमा उठेर हिँड्नु वा तन्किनुहोस्।
2. कोर मांसपेशी (Core Muscles) बलियो बनाउनुहोस्
पेट र ढाडका मांसपेशीहरूलाई बलियो बनाउने व्यायामले मेरुदण्डलाई प्राकृतिक समर्थन दिन्छ।
3. ढाडलाई सुदृढ बनाउने व्यायामहरू गर्नुहोस्
ब्याक फ्लेक्सन (Back Flexion), घुँडा छातीसम्म तान्ने व्यायाम (Knee-to-Chest Stretch), चिन-टु-चेस्ट स्ट्रेच, इयर-टु-शोल्डर स्ट्रेच र हिप स्ट्रेच जस्ता व्यायाम नियमित गर्नुहोस्।
4. तौल सन्तुलित राख्नुहोस्
बढी तौलले मेरुदण्डमा अतिरिक्त दबाब दिन्छ। स्वस्थ खाना र नियमित व्यायामले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ।
5. धूम्रपान नगर्नुहोस्
निकोटिनले रक्तनली संकुचित गरी मेरुदण्डमा रक्त, अक्सिजन र पोषणको आपूर्ति घटाउँछ।
6. चलायमान रहनुहोस्
लामो समयसम्म उस्तै अवस्थामा नरहनुहोस्। बीचबीचमा उठेर हिँड्नु, तन्किनु वा हल्का गतिविधि गर्नुहोस्।
7. भारी वस्तु उठाउँदा सावधान रहनुहोस्
भारी वस्तु उठाउँदा कम्मरबाट होइन, घुँडाबाट झुक्नुहोस् र वस्तु शरीर नजिक राख्नुहोस्।
8. योग अभ्यास गर्नुहोस्
योगले मांसपेशीलाई तन्काएर लचिलो बनाउँछ र मेरुदण्डको स्थायित्व बलियो पार्छ।
9. मजबुत गद्दा प्रयोग गर्नुहोस्
राम्रो समर्थन दिने फर्म गद्दाले निद्राका समयमा मेरुदण्डलाई सिधा राख्न मद्दत गर्छ।
10. सही जुत्ता लगाउनुहोस्
राम्रो आर्क सपोर्ट भएको जुत्ताले शरीरको सन्तुलन र मेरुदण्डको दबाब घटाउँछ।
11. ढाड वा मेरुदण्ड दुखेमा चिकित्सकसँग परामर्श लिनुहोस्
ढाड दुखाइलाई हल्का नलिनुहोस्। समयमै डाक्टरको सल्लाह लिनुहोस् र मेरुदण्ड सम्बन्धी सचेतना कार्यक्रममा सहभागी बन्नुहोस्।
12. भिटामिन र खनिजयुक्त आहार सेवन गर्नुहोस्
म्याग्नेसियम, क्याल्सियम, भिटामिन D, भिटामिन K, भिटामिन A, फलाम (Iron) र B-Complex भिटामिनहरूले हड्डी र मेरुदण्डलाई बलियो बनाउन सहयोग गर्छ।



👉 यस विश्व मेरुदण्ड दिवसमा, आफ्नो स्वास्थ्यका लागि “मेरुदण्डमा लगानी गरौँ।”
सानो बानी परिवर्तनले ठूलो सुधार ल्याउन सक्छ — आजैबाट सुरु गरौँ!

Address

Budhibazar
Pokhara

Opening Hours

Monday 08:00 - 09:00
15:30 - 19:00
Tuesday 08:00 - 09:00
15:30 - 19:00
Wednesday 08:00 - 09:00
15:30 - 19:00
Thursday 08:00 - 09:00
15:30 - 19:00
Friday 08:00 - 09:00
15:30 - 19:00
Saturday 09:00 - 11:00
Sunday 08:00 - 09:00
15:30 - 19:00

Telephone

+97761411167

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Norman Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Norman Lamichhane:

Shortcuts

Share

Category