26/08/2026
#बिरामीकाकथा
सँधै झैँ ओ.पि.डि. मा बिरामी हेर्दै बसिरहेको थिएँ।एकजना ६० वर्ष हाराहारीको बुवा आउनुभयो।
"नमस्कार बाबु"
"नमस्कार बुवा, सन्चै हुनुहुन्छ?"
"बिरामी भएर आएको नि बाबु, हजुर फेरि आउनुभएको रहेछ, हजुरसँग जचाउन पाउने भएँ, खुसी लाग्यो। मेरो ढाड दुखेको छ, पहिले पनि हजुरले नै हिँड्ने बनाउनुभएको हो।"
म ओ.पि.डि. बुक पल्टाउन लागेँ। उहाँले ७ वर्ष पहिले पनि मलाई देखाउनु भएको रहेछ। ओ.पि.डि. बुक साह्रै जतन गरेर राख्नुभएको रहेछ। उहाँको जाँच गरेर x-ray गर्न पठाएँ। रिपोर्ट हेरेपछि केही औषधि र फिजियोथेरापी गर्न सुझाएँ।
भोलिपल्ट फिजियोथेरापी गर्नु अगाडि एउटा सानो प्लास्टिक को झोलामा केही लिएर मेरो ओ.पि.डि. मा आउनुभयो र मलाई दिनुभयो।
"आज कस्तो छ बुवा?के , हो बुवा यो?"
"मलाई राम्रो हुँदैछ।बारीमा एउटा चाइनिज कागती रोपेको थिएँ, थोरै फले, तर मिठा छन्।"
"यो त हजुरलाई नै राम्रो हुन्छ नि भिटामिन सि हुन्छ, म त ठिकै छु।"
"मैले खाँदा म मात्र ठिक हुन्छु , हजुरले त म जस्ता धेरैलाई ठिक पार्नुहुन्छ।"
मैले उहाँको महान विचार सुन्दै गर्दा स्वास्थ्यकर्मी कुटिएका घटना सम्झिएँ। हामी technology,मा advanced भएका छौँ तर यस्ता महान बिचारमा ह्रास आएको छ।
कागती हेरें, ति refrigerator मा store भएका जस्ता थिएनन्, सायद पराल वा अन्य यस्तै कुरामा store भएका जस्ता, तर texture मा केही बिगार नभएको।
मेरो बिहान सँधै hot lemon पिउने बानी छ।आज तिनै अग्रजले ल्याइदिनुभएको कागती प्रयोग गरें। उत्कृष्ट स्वाद थियो, तर त्यो भन्दा सुन्दर त त्यसमा मिसिएको माया, आशिर्वाद, सौहार्दता।
त्यसैले मेरो दिन थप उर्जावान भएको छ।
बुवा केही दिन फिजियोथेरापी गर्न आउँदा नमस्कार गर्दै मेरो ओ.पि.डि. मा मुस्कान छरेर जानुहुन्थ्यो, र म पनि त्यसरी नै नै फर्काउँथे।
उहाँलाई सायद थाहा छैन त्यो मुस्कानले यो डाक्टरलाई अझ जिम्मेवारीपूर्ण हुन प्रेरित गरिरहेको छ।
जिवनमा सुखी हुन गाह्रो होला, तर खुसी हुन सजिलो छ।