Pokhara Academy of Health Sciences, Pokhara

Pokhara Academy of Health Sciences, Pokhara It is the Government, tertiary level, General Hospital located in Pokhara,Nepal. Government general Hospital also known as Gandaki Hospital.

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखराको गरिमामय उपकुलपति पदमा नियुक्त हुनुभएका प्रा.डा.नारायण सिंह गुरूङ्गज्यूको आज म...
15/07/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखराको गरिमामय उपकुलपति पदमा नियुक्त हुनुभएका प्रा.डा.नारायण सिंह गुरूङ्गज्यूको आज मिती २०८३/०३/३१ गते पदभार ग्रहण कार्यक्रम सम्पन्न भयो ।

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिज्यूबाट पोखरा स्वास्थ्य विज्ञान प्र...
09/07/2026

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिज्यूबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखराको गरिमामय उपकुलपति पदमा नियुक्त हुनुभएकोमा प्रा.डा.नारायण सिंह गुरूङ्गज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा ।

विरामी तथा विरामीका आफन्तहरुको सहजताको लागि  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले वि...
07/07/2026

विरामी तथा विरामीका आफन्तहरुको सहजताको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले विस्तृत नागरिक बडापत्र,मूल्य सुचि,दिशा निर्देश नक्सा तयार गरि सबैले देख्ने ठाउँमा व्यवस्थित तरिकाबाट राखेको छ । हामीलाइ विश्वास छ यसले सम्पूर्ण विरामी,सेवाग्राहि सहित आम नागरिकहरुलाई ,नागरिक मैत्री गुणस्तरीय स्वास्थ्य सेवा सहज तरिकाले प्राप्त गर्न सहजीकरण गर्ने छ । Ministry of Health and Population-Nepal District Administration Office, Kaski स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश National Health Education Information and Communication Centre World Health Organization Nepal Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखराकाे विस्तृत नागरिक वडापत्र  Metropolitan City Off...
27/06/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखराकाे विस्तृत नागरिक वडापत्र
Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालयMinistry of Health and Population-Nepal National Health Education Information and Communication Centre World Health Organization Nepalस्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश #नागरिकवडापत्र

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा माइक्रोबायोलोजी प्रयोगशाला र डर्माटोलोजी विभाग...
26/06/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा माइक्रोबायोलोजी प्रयोगशाला र डर्माटोलोजी विभागको सहकार्यमा कुष्ठरोग निदानका लागि "Slit Skin Smear Microscopy" परीक्षण सेवा सुरु भएको छ।
परीक्षण सुरु गरेपछिको दोस्रो नमुनामा आजकै दिन एकजना बिरामीमा कुष्ठरोग पुष्टि भएको छ। यस परीक्षणको सुरुवात गर्नका लागि पहल गर्नुहुने प्रयोगशाला इन्चार्ज तथा माइक्रोबायोलोजिस्ट ध्रुव गिरी, माइक्रोबायोलोजिस्ट शिव हरी घिमिरे, डा. सोहनी बज्राचार्य, मेडिकल ल्याब टेक्नोलोजिस्ट अस्मिता क्षेत्री, प्रयोगशाला विभागका विभागीय प्रमुख डा. लक्ष्मण बास्तोला तथा डर्माटोलोजी विभागका विभागीय प्रमुख डा. आनन्द नेपाल, डा. विधि रेग्मी लगायत सम्पूर्णमा प्रतिष्ठानकाे तर्फबाट हार्दिक धन्यवाद।
Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal District Administration Office, Kaski स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश World Health Organization Nepal World Health Organization (WHO)

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा नर्सिङ  कार्यक्रम तर्फ B.N.S First Batch का विद्यार्थीहरुको आज विदाई कार्यक्...
17/06/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा नर्सिङ कार्यक्रम तर्फ B.N.S First Batch का विद्यार्थीहरुको आज विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रम स्कूल अफ नर्सिङ प्रमुख सह प्रा. सरिता कार्कीज्यूको अध्यक्षतामा एवं सम्पूर्ण शिक्षिकाहरु,विदाई भएर जान लागेका विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षिकाहरुले विद्यार्थीहरुलाई मायाको चिनो तथा शुभकामना दिनुभएको थियो भने विद्यार्थीले कविता मार्फत गुरुहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रम सह प्रा राधिका रेग्मीज्यूले संचालन गर्नु भएको थियो ।
प्रतिष्ठानको तर्फ बाट विदाई भएर जानु भएका सम्पूर्ण विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको कामना सहित धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा अव निजामती अस्पतालको सेवा विस्तार भएको सम्बन्ध...
16/06/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा अव निजामती अस्पतालको सेवा विस्तार भएको सम्बन्धि सूचना ।
Ministry of Health and Population-Nepal
National Health Education Information and Communication Centre
District Administration Office, Kaski
Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय

जुन ५ अर्थात विश्व वातावरण दिवसको सन्दर्भमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा अस...
05/06/2026

जुन ५ अर्थात विश्व वातावरण दिवसको सन्दर्भमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा अस्पताल एवम प्रयास नेपालको सहकार्यमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।

यस वर्षको भारी वर्षाको मौसम ⛈️ आउन अगाडी सतर्क रहौँ - झाडापखाला, हैजा र अन्य पानीजन्य रोगहरु बारे जानौं र सुरक्षित रहौँ ...
23/05/2026

यस वर्षको भारी वर्षाको मौसम ⛈️ आउन अगाडी सतर्क रहौँ - झाडापखाला, हैजा र अन्य पानीजन्य रोगहरु बारे जानौं र सुरक्षित रहौँ ।
Source:National Health Education Information and Communication Centre

Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय
Ministry of Health and Population-Nepal
District Administration Office, Kaski
World Health Organization Nepal
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश
World Health Organization (WHO)
Radio Nepal

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ ।  सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहो...
23/05/2026

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏
Source:World Health Organization Nepal
Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय
Ministry of Health and Population-Nepal

National Health Education Information and Communication Centre
District Administration Office, Kaski
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश
World Health Organization (WHO)
Radio Nepal
Epidemiology and Disease Control Division, Nepal

Address

Ramghat
Pokhara
00977

Alerts

Be the first to know and let us send you an email when Pokhara Academy of Health Sciences, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pokhara Academy of Health Sciences, Pokhara:

Shortcuts

Share

Category