14/04/2026
बि.सं. २०८३ का केही भविष्यफल/वर्षफलहरू
यो बर्षको राजा पदमा बृहस्पति र मन्त्री पदमा मंगल ग्रह रहेको छ भने यो वर्ष सिद्धार्थी नामको संवत्सर सकिएर रौद्रनाम नामको संवत्सर रहेको छ र नेपालको जगत लग्न कर्कट राशीमा र वर्षलग्न मीन राशिमा परेको छ। बृहस्पति ग्रहको राज्य पदले यो वर्ष शासन ब्यवस्थालाई हेर्नुपर्दा शासन प्रणालीमा प्रजातान्त्रिक शैली एवं न्याय प्रणालीको अनुभूत गराउन सक्छ यद्यपि मन्त्री पदको मंगल शनिको साथमा रहदा केही विषयमा भने निरङ्कुश अभ्यास हुन सक्ने देखाउछ र बृहस्पति र मंगलको मित्रभावको कारण देशको शासन व्यवस्था एवं अन्य समग्र अवस्थालाई सम्झौता तथा सहकार्य बाट अघि बढ्न सक्ने देखिनुका साथै समग्र पक्षलाई सम्बोधन गर्ने प्रयास बन्नेछ। यो वर्षमा बृहस्पतिले तीन वटा राशीमा प्रवेश गर्छ जसले नेपाल र समग्र विश्वजगतमा धेरै र अचानक परिवर्तन ल्याउने संकेत देखिन्छ। केही क्रान्तिका सुरुवात र सरकारलाई दवावमुलक अवस्था सिर्जना हुनेछ। यो वर्ष पनि अकल्पनीय राजनैतिक परिवर्तनको योग रहेको छ। कतिपय अवस्थामा राष्ट्रियता र सार्वभौममाथी नै प्रश्न आउदा पनि मौन रहनुपर्ने अवस्था देखापर्न सक्छ। संवैधानिक परिषद् एवं प्रतिनिधि सभा तर्फ विवाद वा आन्योल जस्ता परिस्थिति जेठ, कार्तिक, मंसीर र माघका महिनाहरूमा देखा पर्नेछन्।
मौसम
- यो वर्ष नेपालमा जगल्लग्नकुण्डली कर्कट राशीमा प्रवेश गरेको छ भने वर्षेश बृहस्पति बुधको राशिमा रहि द्वादश स्थानमा रहनुले मौसममा केही सुधार अवस्थामा नै रहने देखिन्छ तर पनि बुधको स्थीती मंगल र शनि सँगै नीच रहनुमा भने अतिवृष्टी र अन्न क्षतिका संभावना देखाउछ। केही हदसम्म सुख्खापन कम हुँदै जान सक्छ यद्यपि बुधको प्रभावको कारण प्रदुषण तथा हरियो बनस्पतिको उत्पादनमा पनि कमि देखापर्न सक्छ। जगतलग्नमा चतुर्तेश शुक्र कर्मस्थानमा रहि आफ्नै राशीमा दृष्टिगत रहेकाले फूलजन्य उत्पादनमा वृद्धि हुनेछ भने दूध तथा अण्डाको उत्पादन पनि बढ्नेछ। कृषिक्रान्तिको सुरूवात तथा बाझो रहेको जमिनको समेत प्रयोगमा आकर्षण बढ्नेछ भने यो वर्ष कृषि उत्पादनको नयाँ तरिकाबाट थालनी हुनेछ। चन्द्रमा आफैमा लग्नेश भएको हुँदा चिसोपन एवं हिमपात यो वर्ष अघिल्लो वर्ष जस्तै बढी नै रहनेछ। चन्द्रमा र राहू अष्टममा रहेको हुँदा जलबाट लाग्ने रोग वा संक्रमणले यो वर्ष अत्यन्तै दु:क देला।
देशको राजनैतिक अवस्था
- यो वर्ष शासकीय ग्रहको रूपमा बृहस्पति र मन्त्रीको रूपमा मंगल रहेको हुँदा राज्य व्यवस्थामा यी दुई ग्रहको मैत्रीभावको कारण सुदृढीकरण हुँदै जानसक्ने र जनताको अपेक्षित मनोभावनाको सम्बोधन हुँदै अलिकति भएपनि सुशासनको अनुभूति हुने देखिन्छ भने मंगल राजा बृहस्पतिको राशीमा रहनुले देशको सैन्यवल, प्रहरी लगाएतको सुरक्षा निकाय राज्यको संरक्षणमा बलियो हुने देखिन्छ। शासकीय ग्रह सूर्य र चन्द्रमाको मित्रताको कारण प्रजातान्त्रिक व्यवस्था अनुकूलका दलहरू सक्रिय अवस्थामा आउनेछन्। लग्नेश कमजोर रहेकोले अझै पनि नयाँ सरकारको काम कार्य र कर्तव्यमा स्पष्ट हुन गाह्रो पर्ने देखिन्छ भने जनताका समस्या निरन्तर समाधान गर्न तर्फ सरकार केही हदसम्म असक्षम हुन सक्ने देखिन्छ। नेपालको राजनीति र शासनसत्तामा दक्षिणी सिमानाको प्रभाव बढी पर्नेछ। यो वर्ष राजा पद नै द्वादशमा रहनु अनि विदेशभावको स्वामी ग्रह निच हुनुले विदेशी प्रभाव र हस्तक्षेप अनौठो र थाहा नपाई बढ्न सक्ने देखिन्छ। जेठ कार्तिक र माघका महिनामा प्रदेश संरचनामा संकट आइलाग्ने र यी महिनाहरूमा राजनैतिक संवेदनशीलता देखापर्नेछ। जगलग्नमा विदेशकारक ग्रह नीच भावमा रहनुले विदेशीहरूको गुप्त चलखेलले युवा नेतृत्व वा नयाँ दलहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा पार्ने देखिन्छ। प्रदेश संरचनामा मध्यावधि वा संवैधानिक संकट आईपर्नेछ। जेठ, कार्तिक र माघको महिनामा केही यस्ता अप्रीय घटनाका जोखम बढ्नेछन्। स्वास्थ सम्बन्धी नीति स्पष्ट पार्न नसक्दा र देशका कुनै क्षेत्रमा जलिय संक्रमण रोगको महामारी फैलिदा सारकारलाई चुनौती एवं आलोचना थुपृने जस्ता क्रिया देखिनेछ।
प्राकृतिक अवस्था
- यो वर्ष प्राकृतिक अवस्था भने तुलनात्मक रूपमा सामान्य नै देखिन्छ। बुध ग्रह नीच राशिमा भाग्य भावमा र शनि मंगलको दुस्प्रभावमा रहनुले अग्निप्रकोप अथवा चट्याङ जस्ता नकारात्मक प्रभाव भने देखिनुका साथै हिउँदमा कम वर्षा वा सुख्खापन र भुक्षय वा भुकम्पन जस्ता ठूलै जोखिम यो वर्ष गराउनेछ। शुक्रको स्थितिले प्राकृतिक सुन्दरतामा वृद्धि गराउनेछ भने केही जीव तथा वनस्पतिको संरक्षण हुँदै जानेछ। विश्वका उत्तरी राष्ट्रहरू जस्तै चीन, रुस, ताइवान, नर्वे जस्ता देशहरूमा भुकम्प वा यस्तै कुनै प्राकृतिक जोखिम साथसाथै मानविय घटना, ठूला सामुहिक दुर्घटना, युद्ध वा भुकम्प आगलागी जस्ता प्राकृतिक प्रकोपहरू देखापर्नेछन्।
देशको उत्तरपश्चिम तर्फ बाढी पहिरोले विपत्ति निर्माण गर्नेछ। हिमपहिरो हिमताल विष्फोटन जस्ता घटनाको लागी देशभित्र र बाहिर पनि यो वर्ष जोखिमको वर्ष रहेको छ। देशको पश्चिमी क्षेत्रमा भुकम्पको धक्का पर्नाले ठूलो क्षति पुग्नेछ। औंशी, संक्रान्ती र मलमासको आसपासको समयमा भुकम्पको जोखिम धेरै रहनेछ।
स्वास्थ स्थिती
- यो वर्ष जीवकारक ग्रह बृहस्पति सामान्य अवस्थामा रहेता पनि जेठबट कर्कट राशीमा प्रवेश गर्नेछ। शत्रु राशिमा बृहस्पतिको स्थिति रहँदा स्वास्थ्य क्षेत्रमा भने त्यति अनुकूल हुने देखिँदैन। राज्यद्वारा स्वास्थ्यका क्षेत्रमा राम्रो व्यवस्थापन तथा सेवा प्रदान गर्न नसक्ने अवस्था निर्माण हुनेछ भने विश्वको उत्तरी एवं पश्चिमी राष्ट्रमा पनि स्वास्थ्य समस्याका भयावह अवस्था देखापर्नेछन्। बृहस्पति यो वर्ष मिथुन, कर्कट र सिंहमा गरि तीन राशीमा रहनेछ। जेठ र कार्तिकको महिना स्वास्थ्यको दृष्टिकोणले गम्भीर महिना हो भने राहु र चन्द्रको प्रभावले धेरैजसो मानसिक रोगको सिकार बन्न सक्ने देखिन्छ। पेटको संक्रमण बढ्ने महामारी बढ्ने जस्ता गम्भीर समस्याहरु विश्वको उत्तर पश्चिमी राष्ट्रहरुबाट देखा पर्न सक्छ। बुधको स्थितिको अवस्थाको कारण राजनैतिक पृष्ठभूमि बोकेको व्यक्ति वा पत्रकारिता क्षेत्रका व्यक्तिहरूले आत्महत्या गरेका जस्ता खबरहरू आउनेछन्। चिकित्सा प्रणालीमा पनि त्यति राम्रो प्रभाव नदेखिनुका साथै मानिसहरूमा रोगहरूको प्रकोप फैलिने भय उत्तिकै देखा पर्नेछ। बुध राहुको युतिको प्रभावले नशा र छाला जस्ता रोगहरूले अन्य समयमा भन्दा बढी प्रभाव पार्नेछन्।
फिल्मी तथा सञ्चार
- शुक्रग्रहको स्थिति कर्म भावमा मंगलको राशीमा रहनुले फिल्मी क्षेत्रले विदेशबाट लाभ तथा आयआर्जन गर्ने देखिएता पनि शनिको प्रभावले गर्दा आलोचनात्मक प्रतिक्रियाहरू अझ धेरै आउनेछन्। चलचित्र उद्योग तथा सञ्चारका क्षेत्रहरूमा अव्यवस्थित अवस्था निर्माण गर्नेछ। साथै विरोधाभास विषयवस्तुहरू उठान गर्ने चलचित्रहरु आउने हुँदा जनमानसमा नकारात्मक प्रभाव बढी पर्ने देखिन्छ। शुक्रको अनुकूल अवस्था रहेता पनि बुध र शनिको युतिले गर्दा फिल्म इन्डस्ट्रीलाई कुनै मुद्दा आरोप वा आँच पुग्ने खालका गतिविधिहरु हुनेछन् भने यसका सन्देशले बुझाई र संचारमा फरक पर्न गई द्वन्द सिर्जना हुनेछ। पत्रकारलाई अप्ठ्यारो पुग्ने गरी राज्यले नीति नियम निर्माण गर्नु साथै सञ्चारमाध्यमका क्षेत्रहरुलाई असहज परिस्थिति निर्माण हुन सक्ने सम्भावना यो वर्ष देखिन्छ। संचारको विषयमा त्यति धेरै चुनौतीपूर्ण वर्ष नरहेता पनि नयाँ प्रकारका ऐन तथा कानुनले जो कोहिलाई स्वतन्त्र पत्रकारिता गर्नबाट अप्ठ्यारो भने बनाउनेछ र सञ्चारकै कुरा गर्नुपर्दा, यसको प्रक्रियामा अप्ठ्यारोपन, असहज, traffic बढ्ने एवं प्रविधिको दुरुपयोग जस्ता नराम्रा पक्षहरूको वृद्धि हुनसक्छ। यो वर्ष पनि प्रशिद्ध ब्यक्ती, नेता वा कलाकाहरू नै hacking, fishing, bulling आदिको शिकारमा पर्नेछन्। बैंकहरू असुरक्षित हुने, internet server हरूबाट नै व्यक्तिगत सूचना बाहिरिन सक्ने, hacking cracking अलिक बढी रहने जस्ता संकेत राहुको स्थितिले जनाउँछ। लग्नेश एवं संचारको ग्रह बुध नै राहुको दुस्प्रभावमा रहि नीच भावमा हुनुले विशेषगरी privacy हरू लिक हुने, बैंकहरूको सुरक्षा घट्ने आदि हुनेछ। ईन्टरनेट सेवा प्रदायकहरूले आफ्नो सेवाको गुणस्तर घटाउने छन् भने कुनै प्रमुख सेवा प्रदायक कम्पनीहरू मुद्दा वा विवादमा मुछिनेछन्। पत्रकारिताको क्षेत्रमा भने अराजकता एवं लापरबाही नै रहिरहनेछ। अझ भनौ कुनै पत्रकार माथि मुद्दा चलान, जेल आदिका संभावना साथै मृत्यु वा आत्महत्याका संभावना पनि रहेका छन्।
अपरधिक घटना
- अपरधिक घटनाहरू यो वर्ष पनि पहिले भन्दा वा अझ तुलनात्मक रूपमा कम हुनेछ भने अपराध नियन्त्रणमा राज्य तथा सुरक्षा निकाय चनाखो रहने र यसमा कर्मठ रहेर लागिपर्ने देखिन्छ। राहुको प्रभावले ठगी, चोरी, हत्या, बलात्कार जस्ता अपराधिक क्रियाकलापहरू बढ्न सक्ने देखिन्छ भने गृहभित्रको शान्ति सुरक्षामा बलियो प्रत्याभूति हुनेछ। राज्यप्रशासन सुरक्षा प्रदान गर्नमा त्रैनाथ हुनेछ। विशेषगरी शनि र बुधको युति हुनुमा बैंकिङ पक्ष एवम् पत्रकारिताका क्षेत्रमा कानुनी लफडा, अपरधिक प्रकरणहरू फेला पर्नेछ। विशेषगरी बुध शनिको युतिले साईबर अपराध बढ्नेछ भने भावनात्मक अत्याचार, चोरी शिकारी, मानसिक यातना, बैंकिङ ठगि जस्ता अपराधिक क्रियाकलाप बढ्ने देखिन्छ। भ्रष्टाचार बिरूद्धमा राज्यको शसक्तरूपमा नै देखा परे तापनि आफ्नो आधारमा रहेकाहरूलाई कारवाही र कडा प्रतिवादमा उत्रन असमर्थ रहनेछ। देशको धेरै स्थानमा अपराध नियन्त्रणमा केही हदसम्म सहयोग पुर्याउदै जनतामा सुरक्षाको महसुस पनि दिलाउनेछ। लागू औषधको व्यापार, आक्रमण तथा ओसारपसार जस्ता गतिविधि बढ्नेछन् भने घरेलु हिंसाका घटना बढ्नेछन्। यो वर्ष हुने मुख्य अपराध भने ठगी धन्धा तथा भ्रष्टाचार नै रहेकोछ। देश बाहिर पनि दक्षिणी तथा दक्षिणपश्चिमी राष्ट्रहरूमा अपरधिक घटना घट्न सक्छ। विशेषगरी अमेरिका, रुस, चीन, युक्रेन, आदि देशहरूमा अस्वभाविक मानवीय क्षति, प्रहार, युद्ध वा प्रकोपहरू निम्तिन सक्छ। ठगी चोरी, लुटपाटका घटना बढ्नेछन्। बौद्धिक सम्पत्तिको चोरीमा वृद्धि हुनेछ।
विज्ञान तथा प्रविधि
- यो वर्ष बृहस्पति राजा हुनु र अत्याधिक राशी परिवर्तनको दुर्लभ वर्ष रहनुले पनि विज्ञानको क्षेत्रमा अत्यन्तै लाभमय हुनसक्ने देखिन्छ। देशभित्र पनि विज्ञानको प्रवर्द्धन तथा प्रोत्साहनमा सरकार पक्षबाट भने अघिल्लो वर्षहरूमा भन्दा बढी प्रयास देखिनेछ तर पनि विश्वविद्यालयहरूमा विज्ञानको क्षेत्रमा गर्नुपर्ने शैक्षिक विकास भने गर्न असमर्थ हुने देखिन्छ यद्यपि विश्वव्यापीरूपमा भने विज्ञानमा नयाँ आयामहरू थपिदै जानेछन् एवं नयाँ आविष्कार तथा ठूलै सकारात्मक परिवर्तनहरू देखा पर्नेछन्। जिव विज्ञान, कृषि तथा रसायन र भौतिक शास्त्र तर्फ प्रगतिशील एवं महत्त्वपूर्ण योगदान रहनेछ। विशेषगरी खगोल विज्ञानतर्फ नयाँ खोज, नयाँ प्रविधिको विकास भएता पनि र अन्तरीक्ष यानहरूको महत्त्वपूर्ण प्रक्षेपणमा असफलता प्राप्त हुनसक्ने, सञ्चारको विच्छेद जस्ता समस्याहरू देखिनेछन्। अन्तरीक्ष यात्रामा नयाँ कुराको जानकारी, ब्रह्माण्डको ईतिहास आदि विषयमा रोचक तथ्य तथा प्रमाणका साथै संकेत प्राप्त गर्ने, नयाँ सिद्धान्त वा समीकरणको खोज गर्ने जस्ता सकारात्मक प्रभावहरू देखिनेछन् तथापि जगलग्नको नीच बुध भने धेरै विवादित र शंकास्पद कुराहरू भने सिर्जना हुनेछन्। कम्प्युटर प्रविधिमा धेरै फड्को मार्नेछ। कुनै अन्तर्राष्ट्रिय स्तरमा रहेका प्रयोगशालाहरू अथवा कार्यक्षेत्र वा उपकरणहरूमा आग्जानी विस्फोट जस्ता जोखिमहरू पनि देखिनेछन।
अर्थतन्त्र र देशको अवस्था
- विश्वको अर्थतन्त्रलाई विचार गर्नुपर्दा यो वर्ष पनि त्यति प्रगतिशील नै मान्न सकिदैन। संयुक्त राज्य अमेरिका भने अर्थतन्त्रबाट पछाडि खुस्किँदै जाने अवस्था यो वर्ष बढी देखिन्छ। भूराजनैतिक प्रभावको कारण साथसाथै धेरै देशहरूसँगको शीतयुद्ध लगाएत अन्य अवस्थाले पनि अमेरिकामाथि आर्थिक अवस्थामा झन् बढी प्रभाव पर्ने देखिन्छ। शनि ग्रहको कारण पश्चिमी राष्ट्रहरूलाई अनावश्यक कुराहरूमा खर्च गराउन बाध्य गराउने साथै अर्थतन्त्रमा धेरै चुनौतीहरु आइपर्ने देखिन्छ। पूर्वीय तथा विकास उन्मुख राष्ट्रहरूले भने आर्थिक क्षेत्रमा उकालो लाग्दै जाने साथै प्रशस्तै सम्भावनाहरु बोक्ने छन्। वैकल्पिक स्रोतहरूको प्रयोगमा प्राथमिकता बढ्नुले भने तुलनात्मक रूपमा अर्थतन्त्र सुधृढिकरण हुँदै जाने संभावना देखिन्छ। दक्षिण एसियाली देशको आपसी सम्बन्धको तालमेलबाट अर्थतन्त्रमा अघिल्लो वर्ष जस्तै केही हदसम्म सुधारात्मक देखिएता पनि पश्चिमी र दक्षिण पश्चिमका मुलुकहरूले नेपाल जस्ता पूर्वीय एवं विकासोन्मुख राष्ट्रहरूमा अर्थतन्त्रलाई लिएर आफ्नो प्रभूत्व कायम गर्न खोज्नेछ। विद्युत उत्पादन अत्याधिक बढ्नुका साथै अन्य उर्जाहरूको प्रयोगमा समेत सरकारको ध्यानकेन्द्रीत हुनेछ। विद्युतीय उपकरणको प्रयोग र आकर्षण बढ्नेछ। सुनको मूल्य जेठ महिनासम्म चरम र त्यसपछि कार्तिकसम्म केही मात्रामा भए पनि ओरालो लाग्नेछ भने कार्तिकबाट पुन बढ्नेछ। सेता पदार्थ, ढुङ्गा, बालुवा, चामल अन्न आदिको वृद्धि हुनेछ भने उखु, दूध तथा रसजन्य उत्पादनको वृद्धिका कारण कृषि क्षेत्रमा आत्मनिर्भरताको नजीक देश पुग्नेछ। आन्तरिक तथा वाह्य दुवै प्रकारका पर्यटकको वृद्धि हुनुका साथै यो वर्ष उत्पादनमूलक लगानीहरू पनि बढ्नेछ। आयभावको स्वामी र धनभावको स्वामीको वृद्धिको कारण देशको आर्थिक अवस्था उकालो लाग्नेछ भने देशको कूल आय ह्वात्तै बढ्नेछ र खर्चको स्थिति सामान्य अवस्थामा देखाउँछ। यो साथसाथै विदेशी लगानी देशमा पर्ने र रेमिटेन्सको मात्रा पनि वृद्धि हुँदै जाने सम्भावना व्यक्त गर्दछ। धनभावको स्वामी मंगलको राशिमा र आयभावको स्वामी पनि सोही राशिमा रहनुले शासकवर्गहरू र सम्बन्धित सरोकारवालाहरू अर्थकेन्द्रीत बन्ने, आदि हुनेछ यद्यपि देशको आर्थिक अवस्था राम्रो भए तापनि देशवाशीहरूको आर्थिक स्थीती एवं आम्दानी दर भने सामान्य अवस्थामा नै गुज्रनेछ। देशले मुख्य आम्दानीको स्रोत रेमिटेन्स, आन्तरिक स्रोतहरूको व्यवस्थापन, रोजगार एवं कृषि तथा घरेलु उद्योगमा प्रोत्साहन र मनोरञ्जनबाट बनाउन सफल रहनेछ। देशभित्र अर्थतन्त्रले राहत प्राप्त गर्ने, आयात तुलनात्मकरुपले घट्ने, स्वदेशी तथा स्थानीय उत्पादनले बजार पाउने एवम् प्रोत्साहन मिल्ने, वैकल्पिक स्रोतको प्रयोग तथा परम्परागत औद्योगिक प्रणालीलाई व्यवस्थापन गर्ने, धनको स्वामी आयशसँगै रहनुले केही उत्पादक लगानीमा सरकारको खर्च हुनेछ र रेमिट्यान्स बढ्नाले आर्थिक भार कम हुने जस्ता मिश्रित प्रभावहरू देखा पर्नेछन्। शैक्षिक क्रियाकलापबाट आम्दानी बढाउन सक्ने देखिन्छ भने सबैभन्दा राम्रो पक्ष भनेको सरकाले उद्योग, विद्युत, शिक्षा, धर्म संस्कृति र सम्पदाको क्षेत्रको लगानीमा जोड दिनेछ। गुरुको उदय अस्त विचार गर्दा यो वर्ष पौष वर्ष परेकाले हिउँदे अन्न लगायतका तैलिय पदार्थको साथै तेल, घ्यू जस्ता चिल्लो पदार्थ एवं तोरी,भटमास, तील, सूर्यमूखी जस्ता अन्नहरूको मूल्य वृद्धि हुनेछ भने साथै दुध र दूधजन्य पदार्थको उत्पादनमा भने वृद्धि एवं माछा लगाएत जलिय जीवको उत्पादनमा न्यूनता, आगोको भय, जनधनको क्षति, शासकहरुमा विग्रह र जनतामा दुःख, कष्ट आदि हुनेछ। देशको आम्दानी सुधारात्कम बढ्ने कुरालाई संकेत गररे तापनि खर्चको दृस्ठिकोणले भने धेरै अप्ठ्यारो पर्न सक्ने देखिन्छ। विदेश भावको स्वामी बुध शनिको साथमा रहनुले बजेटको कार्यनयन राम्रोसँग गर्ने देखिन्छ तर विदेशी हस्तक्षेप बढ्ने तथा अनावश्यक शिर्षकमा देशको बजेट सकिने आदि अवस्था पनि बन्न सक्छ तथापी शिक्षा, स्वास्थ्य, संस्कृति र कृषिको गुणस्तर बिकासको लागि अधिक बजेट निर्धारण हुनेछ। विदेशी ऋण बढ्नेछ, प्रतिब्यक्ती आम्दानी बढ्नेछ। विशेषगरी मनोरञ्जनको व्यवसाय केही हदसम्म बढ्नेछ, साना तथा मझौला उद्योगहरू बढ्नेछ, दूध उत्पादन बढ्नेछ, फलफूल तथा तरकारीको खेती व्यवसाय आदिमा कमि देखिनेछ, गहुँ लगाएत पहेँलो अन्नको मूल्यवृद्धि हुनेछ। जेठ देखि कार्तिकसम्म सेयर बजार अथवा नेप्से अलिकति उकालो लाग्नेछ भने चन्द्रमा शुभ रहनुले होटेल, जल विद्युत, माछा आदिको उत्पादन र लगानीमा वृद्धि हुनेछ। पेट्रोलियम पदार्थको मूल्यमा असारदेखी गिरावट आउनेछ तथा सुन आदि पहेँला धातुको मुल्यमा जेठदेखी वृद्धि हुँदै जानेछ।
परराष्ट्र मामिला
- परराष्ट्र मामिलामा भने यो वर्ष अघिल्ला वर्षहरूको तुलनामा अझ बढि चासोको विषय बन्न सक्छ र परराष्ट्रका सम्बन्ध, निति आदि बनाउन सम्बन्धित पक्ष अपरिपक्व नै भहे तापनि आपसी सहकार्य र सम्बन्ध सुधृड हुने वातावरण बन्नेछ। विदेशी नीतिद्वारा देशको आन्तरिक एवं विशेषगरी आर्थिक अवस्था निर्धारण हुने कुरालाई प्रस्तुत गर्दछ। कुर्मचक्रको स्थितिमा उत्तरी अर्थात् चिनियाँ प्रभाव धेरै बढ्नेछ भने भारतको राजनैतिक उतारचढावले गर्दा नै उत्तर पंथी भने बलिया हुनेछन्। जगत लग्नको स्वामी चन्द्रमाग्रह अष्टम र मंग्ल कर्मेश हुँदा सैन्य तथा प्रहरी प्रशासन अत्यन्तै शसक्त रहन सक्ने देखिन्छ। देशको सीमावर्ती क्षेत्र र परराष्ट्रका विषयमा धेरै चलखेल हुने तथा अन्तर्राष्ट्रिय सम्झौता तथा समन्वयमा नेपालले त्यस्तो राम्रो भूमिका निर्वाह गर्न अप्ठ्यारो नै हुन सक्छ र नाकाबन्धी आर्थिक मन्दी जस्ता प्रतिफल भोग्नुपर्ने पनि हुनसक्छ। समग्रमा परराष्ट्र नीति भने सामान्य नै रहनेछ। दक्षिणी शक्ति र उत्तरी रणनीतिको प्रभाव बढ्नेछ। राज्यभावको स्वामी शनि ग्रह विदेश भावमा हुँदा देशको स्वाधीनता र सुशासनको पक्षलाई जोगाउने प्रयत्न गर्नेछ भने दलिय गठबन्धन वा प्रतिपक्षमा पनि भएको फूट तथा अन्तरद्वन्दले विदेशी कुटनैतिक अवस्थालाई अप्रत्यक्ष प्रभाव पार्नेछ।
कानुन
- यो वर्ष पनि कानूनको विषयमा अत्यन्तै ठूलो सकारात्मक सुधार अनुभव हुनेछ र राज्यपदको सूर्य र मन्त्रीपदको चन्द्रमाको मित्रताको प्रभावले भनी धेरै हदसम्म जनतालाई सुशासनको अनुभूति हुन सहयोग गर्नेछ। कानुनको क्षेत्रमा यो वर्ष निष्पक्ष न्याय प्रणालीको विकास र देशको मूल कानुनको कार्यान्वयन र प्रवर्धनको लागि केही हदसम्म भएपनि जोड गर्दागर्दै पनि केही कमिकमजोरीले सरकारका आलोचनात्मक विषय देखापर्नेछ। न्याय एवं कानूनसँग सम्बन्धित शासकीय ग्रह शनि मीन राशीमा रहदा अन्य पक्षले कानुनमा प्रगतिशील देखिदै जानेछ। सर्वोच्चमा महिला अधिकार, धार्मिक विषयवस्तु, घरेलु हिंसा र सरकारसँगै जोडिएका संविधान वा प्रशासनिक गतिविधिका मुद्दा बढ्नेछन्। कानुन हातमा लिनखोज्ने प्रयास शक्तिमा रहेका ब्यक्तिले प्रसास गर्दा निष्काशीत हुनुपर्नेछ। कुनै दलका शिर्ष नेता वा विशेष व्यक्तिमाथि मुद्दा चलान हुनेछ। संविधानमा विशेषगरी शिक्षाका विधेयकहरूमा परिमार्जित अथवा यसका प्रयासहरू हुनेछन् भने धर्म, संस्कृति र पहिचानका मुद्दाहरू चर्चामा आउनेछ। संविधान संसोधनको प्रक्रियामा हस्तक्षेप बढ्ने जस्ता गतिविधि देखिन सक्छन्। धार्मिक विषयका मुद्दाहरू र सामाजिक अभियानका विषयहरूलाई कानुनी प्रक्रियामा चर्चाको मुख्य विषय बन्नेछ। विश्वमा नागरिकहरूको सुरक्षाको विषयलाई लिएर आन्दोलन आदि बढ्नेछ। सूर्यका कारण सुरक्षा संयन्त्रको परिचालन सामान्यतया न्यायपूर्वक नै हुनेछ भने सिमानाका विषय यो वर्ष चर्चामा रहनेछन् र यो सम्बन्धि कानुनहरू बन्ने प्रयास हुनेछन्।
सार्वभौमसत्ता
- राजा बृहस्पति हुँदा देशमा केही निरङ्कुश अभ्यासको अनुभूत भएतापनि सार्वभौमसत्ता र राष्ट्रिय गौरवका विषयमा पनि लग्नेश चन्द्रमा अष्टम अवस्थामा रहनुले असन्तुष्टि वा असहज परिस्थिति निर्माण गर्न सक्छ यद्यपि जनतामा जातिय, धार्मिक तथा सांस्कृतिक एकताका लागि कूटनीतिहरू र राष्ट्रिय एकतामा वृद्धि हुने खालका क्रियाकलापहरु भने यो वर्ष अन्य वर्षको तुलनामा भन्दा बढी देखिनेछ। पराक्रम र राज्यभावको स्वामी शुभ रहेकाले विदेशी कुटनीतिको बढी प्रभाव पर्ने गुप्तचरहरूको सक्रियता र सहभागिताले भौगोलिक तथा सांस्कृतिक एकतामा प्रभाव पार्ने प्रयास गरे तापनि मङ्गलग्रह मन्त्री पदस्थ रहनुले भने केही हदसम्म भयावह परिस्थितिबाट पर नै राख्नेछ। जातीय विषय र चोरी ठगी विषयका प्रमुख मुद्दा पनि बन्न सक्छन्। जेठ पछि दक्षिणी शक्तिको प्रभाव र उत्तरी कुटनितीको हावीले देशकि शासन व्यवस्था र देशको स्वाभिमानलाई अप्ठ्यारो बनाईराख्छ भने विवादित सीमाहरूमा केही हदसम्म देशले आफ्नो प्रभूत्व कायम राख्नेछ। सिमा विवाद भने यो वर्ष रहे पनि समाधानका लागि कूटनैतिक प्रयास हुनेछ। सीमानाका जिल्ला वा स्थानीयहरू बाट आन्दोलन हड्ताल र सार्बभौमसत्तामा क्षतिपुग्ने खालका गतिविधिहरू हुनेछन् तर सरकारको सक्रियताले राम्रो प्रभाव पार्नेछ।
हवाई प्रणाली एवं अन्य दुर्घटना
- यो वर्ष शनि र मंगलको युतीसँगै रहँदा भुकम्प एवं मानवीय दुर्घटनाको भयावह परिस्थिति विश्व समाजमा देखा पर्न सक्छ। पेट तथा पाचन प्रणालीमा देखापर्ने संक्रमण वा समस्या, स्वासप्रस्वासमा देखापर्ने कुनै फरक प्रकृति भएका सुक्ष्म जिवाणु अथवा जलिय संक्रणले विश्वको कुनै भागबाट डरलाग्दो तथा माहामारीको अवस्था केही समयलाई सिर्जना गर्नेछ र विशेष गरि माघ र फाल्गुनको महिना संवेदनशील हुनेछ। अन्य मानवीय दुर्घटनालाई हेर्दा उत्तरी र पश्चिमी राष्ट्रहरूमा आक्रमण, हत्या, हिंसा र प्रतिरोध जस्ता मानवीय घटनाले त्रासपुर्ण वातावरण सिर्जना गर्नेछ। भूकम्पको भय, सुनामी वा जलको कारण हुने क्षति यो वर्ष अधिक हुनेछ। मानवीय प्रकोप एवं दुर्घटनाहरू यो वर्ष झन् अधिक हुनेछ। आइतबार, मंगलबार, शनिबार चतुर्थी, दशमी, एकादशी, पूर्णिमा, वैशाख, जेठ,भाद्र, कार्तिक र माघ महिनाहरूमा दुर्घटनाका जोखिमहरू बढी देखिन्छन् भने यी दिनहरूमा नेपालमा पनि हवाई दुर्घटना लगायत अन्य प्राकृतिक वा मानवीय दुर्घटनाका सम्भावनाहरू पनि बढिरहेका छन् साथै राजनैतिक परिवर्तन पनि हुनेछ।
विकासका कार्य
- विकास निर्माणका कार्यहरू पुरानै आयोजनाका कार्यहरूलाई निरन्तरता दिनेछ भने अन्य नयाँ आयोजना तथा विकास निर्माणका कार्यहरू भने पनि गतिमा नै रहनेछन्। जलविद्युत, सिचाइ, धार्मिक एवं सांस्कृतिक सम्पदा, विश्वविद्यालय, खेलकुदका क्षेत्र, स्वास्थ्य क्षेत्र आदिको विकासको लागि विशेष पहलहरू बढ्नेछ भने भौतिक निर्माणका योजना पनि धेरै हुनेछन्। द्वादश भावमा राजा बृहस्पति ग्रहको अवस्थितिका कारण सरकारद्वारा आयोजना गरिने कार्यक्रमहरूमा राज्यकोषको सहि सदुपयोग अत्याधिक हुने सम्भावना रहेको छ जनचेतना अभिवृद्धि र भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरुमा अधिक खर्च हुनेछ भने सांस्कृतिक र शैक्षिक विकासका लागि नयाँ व्यवस्था र लगानीहरू हुनेछन्। शैक्षिक बिकासका कार्य र गुणस्तरको सुधारले निरन्तरता लिनेछ। सबैभन्दा राम्रो शिक्षा र धर्म तथा सांस्कृतिक पक्षमा हुने देखिन्छ।
पर्यटकीय अवस्था
- यो वर्ष तुलनात्मकरूपमा पर्यटकहरुमा उत्साह, सुरक्षा एवं सन्तुष्टिको प्रत्याभूति हुनेछ भने यिनीहरूको उपस्थिति पनि अत्यन्तै बढ्ने नै रहनेछ साथै विदेशी मुद्राको पनि तुलनात्मक रूपमा बढ्नेछ। शुक्र र बृहस्पतीको प्रभावले धार्मीक तथा ऐतिहासिक स्थलहरूमा आन्तरिक पर्यटकहरूको वृद्धि हुनेछ भने पर्यटन व्यवसायको व्यवस्थापन र प्रवर्द्धनमा आन्योलता आउनेछ। घरेलु उद्योग र आन्तरिक पर्यटनको कारण आर्थिक अवस्था सहज बनाउँने छ। मनोरञ्जनका क्षेत्रहरूमा निजी पक्षबाट बिकास तथा सुधारात्मक देखिन्छ। आन्तरिक पर्यटकहरू धार्मिक क्षेत्रहरूलाई लिएर बढी आकर्षित हुनेछन् भने असारदेखि मंसीरसम्मका महिना पर्यटन व्यवसाय गर्नेहरूका लागी पनि अत्यन्तै लाभमय बन्नेछ। शैक्षिक, मनोरञ्जन, पर्यावरणीय अथवा पारिस्थितिक प्रणाली सम्बन्धी पर्यटकको वृद्धि हुनेछ।
धर्म तथा राजतन्त्र
- जगल लग्न कुण्डलीमा विद्याभावको मालिक मंगल ग्रह भाग्यस्थानमा गुरूको राशीगत अवस्थामा लग्नमा रहनुले यो वर्ष धर्मका विषयमा राज्यले नियन्त्रण गर्न सक्ने स्थिति भने देखा पर्छ। प्रजातान्त्रिक तथा धार्मिक विषयका मुद्दा बोक्ने समुदायको प्रभाव सरकारमा सकारात्मक पर्नेछ भने यज्ञ अनुष्ठान र माङ्गलिक कार्यहरूमा राज्यद्वारा प्रोत्साहन र धार्मिक सम्पदाहरूको सम्बर्धनमा जोड दिनेछ। योगकारक्क ग्रह नै मन्त्री पदको मङ्गल ग्रह रहेकाले पनि र बृहस्पतिको राशिमा रहनु पनि देशले सनातन धर्म सापेक्षित हुनेगरी कार्यहरू अगाडि बढाउनेछ साथै भजन किर्तन जात्रा लगायतका सांस्कृतिक पहिचानलाई जोगाउने प्रयास को सुरुवात यो वर्षबाट गर्नेछ। विश्वभर वैदिक सनातन धर्म र पहिचानको मूल मर्म र यसका सकारात्मक पक्षहरूको सन्देशहरू फैलिनेछ। सुखभावको स्वामी शुक्र कर्मस्थानमा सूर्यसँगै रहँदा ध्यान योग साधनातर्फ विश्वव्यापी रूपमा मानिसहरू आकर्षण हुनुको साथै संस्कृत, ज्योतिष, आदि विषय जनचासो पहिलेको जस्तै बढ्नुले यसप्रतिको रुचि र अध्ययनलाई प्रभावकारी बनाउनेछ। पूर्वीय दर्शन र सिद्धान्तहरु विश्वव्यापी रुपमा फैलिँदै जानेछन् तथा आयूर्वेद, वेद आदि विषयमा पनि धेरै ब्यक्तिको चासो बढ्नेछ यो वर्ष पनि बढ्नेछ भने कतिपय पहिचानवाद वा अन्य धर्मावलम्बीहरूले नेपालको वैदिक सांस्कृतिक परम्परामाथि प्रश्नहरू प्रबल रुपमा औल्याउने छन्। यज्ञयज्ञादी बढ्नाले धार्मिक तथा आध्यात्मिकरूपले जनतामा केही संतोषको अनुभूति हुनेछ। बृहस्पति र मङ्गलको आपसै सम्बन्ध र दृष्टिले देशामा र संवैधानिक स्तरमा समेत वैदिक धर्म र परम्पराका विषयवस्तुहरूको सम्बोधन हुनेछ। आध्यात्मिक चेतनाको स्तर जनताहरुमा वृद्धि हुनेछ तर धर्म आध्यात्मको बिरोधिहरूले राज्य र जनता दुवैलाई दिग्दार गराउनेछ। साथै राजतन्त्रको विषयमा कुरा गर्नुपर्दा यो वर्षको सुरूवातीमा जनमानसमा अत्यन्तै चासोको विषय रहेता पनि पुरै वर्ष भने त्यति धेरै संवेदनशील वर्ष देखिने छैन यद्यपि जनताको राजाप्रती चासो र मागहरू अझ बढ्दै जाने, बिभिन्न जन आवाजहरू बढ्ने तथा जनचासो हुनुका साथै सरकारभित्र पनि राजतन्त्रका मुद्दाले हालको ब्यवस्था प्रणालीलाई अप्ठ्यारो पार्न सक्ने देखिन्छ। सरकार आफैले जनभावना र धार्मिक पक्षको सम्बोधन गर्दै जादा राजाप्रतिको आश र माग कम भए तापनि राजसंस्था प्रतिको सम्मान र माया भने कायम रहनेछ। राहु ग्रह मकर राशिमा प्रवेश गरेसँगै मंसीर देखि चैत्र महिनासम्ममा पनि राजतन्त्रका विषयमा गम्भीर अवस्था निर्माण भएता पनि संवैधानिक वा अन्य पारिस्थितिक अवस्था अनुसार राजसंस्था संवैधानिक बन्नका लागि तगारो बन्नेछ यद्यपि कार्तिकको महिना र माघको महिनामा सरकारमा विवाद र दवाव सिर्जना हुँदा नेतृत्वमा रहेका दलहरुलाई आन्योलको परिस्थिति निर्माण भैइ राजसंस्थाका कुरामा समेत चासो देखाउने र राजसंस्था बोक्ने मुद्दालाई थप प्रेरणा मिल्न सक्छ। भाद्र, कार्तिक र माघको महिनामा संसदीय प्रणालीमा विवाद वा असमझदारी बढ्न गई सरकार गठन वा मंत्रिपरिषदमा भने संकट आईपर्नेछ, उक्त समय राजा स्वयंको लागि पनि अवसरमय रहनेछ। राजपरिवारभित्र कसैको स्वास्थमा समस्या वा गम्भीर हानी वा शोक सम्मको संभावना भने यो वर्ष रहेको छ।
शिक्षा
- यो वर्ष पनि शिक्षाको क्षेत्र भने सबैभन्दा राम्रो अवस्थामा रहने देखिन्छ। शिक्षा नीतिहरू संवैधानिक रूपमा परिवर्तन हुनेछन्। विद्यार्थीवर्गहरूमा पनि शिक्षाको गुणस्तर तुलनात्मकरूपमा सुधार रहने कुराको संकेत राज्य पदको बृहस्पतिले गर्दछ साथै विद्यार्थीहरूको शिक्षण शैलीमा परिवर्तन तथा यीनिहरूमा उत्सहा, उत्सुकता अझ बढी हुनेछ। ज्ञानकारक ग्रह पनि आफै राजा पदको बृहस्पति हुनुले नेतृत्व गर्नेले शिक्षा क्षेत्रमा अझै संवेदनशील रही यो वर्ष सुधारात्मक क्रियाकलाप तथा योजनाहरू अगाडि बढाउनेछ। विदेश पढ्न जाने विद्यार्थीको दर भने यो वर्ष केही हदसम्म धेरै कम हुने देखिन्। मंगल मन्त्री पदमा रहदा विद्या भावको स्वामी पनि रहेकाले धेरै छात्रवृत्ति सरकारद्वारा मिलाउने एवं खोज, अनुसन्धानात्मकमुलक कार्यमा विद्यार्थीलाई अग्रसर गराई नयाँ प्रणाली विकास गर्न प्रयत्नशील रहनेछ। बृहस्पती द्वादश भावमा विराजमान रही चतुर्थभावमा दृष्टि दिनु जस्ता शुभ स्थिति हुनुले नै शिक्षा नीति एवं शिक्षा व्यवस्थापनमा अत्यन्तै लाभदायी वर्ष मान्न सकिन्छ भने विदेशमा रहेका नेपाली विद्यार्थीले मान सम्मान र नयाँ प्रगति हासिल गर्नेछन्। राष्ट्रिय स्तरबाट सहज शिक्षा र सिकाईको लागी सकेसम्मका प्रयासहरू गर्नेछन्। यो वर्ष नेपालको आन्तरिक शिक्षा नीतिमा विदेशी प्रभाव कम भए तापनि प्रविधि भने बढ्नेछ र विदेश पढ्न जानेको संख्याको दर अझ पनि वृद्धि हुनुको साथै आकर्षण पनि बढ्नेछ। साक्षर संख्या राम्रै रहनुका साथै स्थानीय स्तरबाटै हेर्दा पनि विभिन्न कार्यक्षेत्रहरूमा प्राविधिक बिकास बढ्नेछ तथापि बौद्धिक स्तरमा भने सामान्य स्थिति नै रहन सक्छ। विश्वविद्यालयहरूले नयाँ नियम, पाठ्यक्रम आदि बिकास गर्नेछ। संस्कृत भाषा, ज्योतिष, वेदविज्ञान, वास्तु तर्फ धेरैको अध्ययन बढ्नुका साथै चर्चामा रहनेछ। शिक्षक वर्गहरूको हकहित र सेवामा वृद्धि गर्नेछ भने शिक्षाको गुणस्तर विकास गर्नका लागी राज्यले निकै ठूलो प्रयास गर्नेछ। अधिक बजेट शिक्षाको लागी खर्चिनेछ भने व्यवहारिक ज्ञानलाई जोड दिनेछ। तर बृहस्पतिमाथि शनिको केन्द्रीय सम्बन्ध रहनुले भने राज्यबाट शैक्षिक व्यवस्थापन, शिक्षण सिकाइका उपलब्धिहरूलाई मूल्याङ्कन गर्ने, विज्ञान तथा प्रविधिमा विस्तार तथा जोड गर्ने जस्ता कार्यहरु जिम्मेवारीपूर्ण ढंगले गर्न नसक्ने देखिन्छ।
खेलकुद
- सूर्यको स्थिति जगलङ्नमा हेर्नुपर्दा खेलकुदका क्षेत्रमा देशले केही हदसम्म सफलता र सन्तुष्टिको मार्ग रोज्नेछ तथापि सरकारको भने त्यति उत्साहित सहभागिता र खेलकुद व्यवस्थापनमा सक्रियता कम हुनेछ। खेल संघठन भित्रकै आन्तरिक कलह र बजेट विनियोजनको अप्ठ्यारोपनले गर्दा भौतिक संरचना निर्माण तथा पुनर्स्थापनामा पन