23/04/2026
दुई वर्षदेखि गोप्य राखिएको एनसेल छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीको शेयर खरिद–विक्री प्रक्रियामा गम्भीर अनियमितता र कर छलीको भण्डाफोर उजागर भएको छ। मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर मात्र ५ करोड अमेरिकी डलरमा स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको प्रकरणलाई समितिले अवास्तविक ठहर गर्दै खरिदकर्ताको वित्तीय क्षमता र लगानीको स्रोत शंकास्पद रहेको उल्लेख गरेको छ। प्रतिवेदनले ‘अन्डर इन्भोइसिङ’ र ‘राउन्ड ट्रिपिङ’ मार्फत सम्पत्ति शुद्धीकरण भएको हुन सक्ने आशंका गर्दै एनसेलको बारम्बारको स्वामित्व परिवर्तन वित्तीय स्वार्थका लागि भएको निष्कर्ष निकालेको छ । यसलाई बैध बनाउँने सबैलाई कारबाही सिफारिस गरिएको छ । कानून अनुसार विदेशी टेलिकम कम्पनी निश्चित अवधि अनुसार राष्ट्रियकरण हुनै लागेको थियो । राष्ट्रियकरण हुनबाट रोक्न नेपालीलाई बिक्रि गरेको देखाइयो । जुन कानूनको दायरामा नै नरही खरिद बिक्रि भएको देखाइएको छ । अब यो प्रक्रियाका सहयोग र विचौलियाबाट रकम बुझ्ने त्यो बेलाका मन्त्रीदेखि उच्च पदस्थ सबै तानिने भएका छन् । ***n