11/09/2026
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीज्यू र सचिवज्यू लाई नेपाल चिकित्सक संघ, सुर्खेत शाखाको अध्यक्षको हैसियतमा भेटी बधाई तथा शुभकामना व्यक्त गर्ने अवसर प्राप्त भयो।
भेटका क्रममा कर्णाली प्रदेशमा चिकित्सक तथा स्वास्थ्यकर्मीका समसामयिक विषयमा महत्वपूर्ण छलफल भयो। विशेषगरी:
• चिकित्सकहरूलाई प्रदान हुँदै आएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने विषयमा पहल गर्ने
• प्रदेशका स्वास्थ्य संस्थाहरूको आवश्यकता र कार्यबोझअनुसार विद्यमान दरबन्दी तथा संगठन संरचना (ONM) पुनरावलोकन गर्ने
• अध्ययन बिदाका लागि आवश्यक सेवाअवधिमा रहेको असमानता र व्यावहारिक कठिनाइलाई सम्बोधन गर्ने
कर्णालीको स्वास्थ्य सेवा अझ व्यवस्थित, प्रभावकारी र चिकित्सक–मैत्री बनाउन सम्बन्धित निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक छ। यी विषयमा सकारात्मक पहल र सहकार्यका लागि माननीय मुख्यमन्त्रीज्यूप्रति हार्दिक धन्यवाद।