H&W Online

Directions Contact the practice

H&W Online Be Healthy, Stay Healthy, Like Us To Get All Updates On Your Wall.

 #रोग प्रतिरोधी क्षमता बढाउने खानपानभोजनलाई नै ओखती समान मानिन्छ । अर्थात हामीले खाने स्वस्थ्य, ताजा, पोषिलो, सुपाच्य र ...
05/10/2020

#रोग प्रतिरोधी क्षमता बढाउने खानपान

भोजनलाई नै ओखती समान मानिन्छ । अर्थात हामीले खाने स्वस्थ्य, ताजा, पोषिलो, सुपाच्य र सन्तुलित खानेकुराले प्राणलाई बचाइराख्ने मात्र होइन, निरोगी एवं तन्दुरुस्त पनि राख्छ । प्रकृतिमा यस्ता थुप्रै खानेकुरा छन्, जो स्वादिलो त छ नै औषधिय गुणले भरिपूर्ण पनि । त्यस्ता खानेकुराको सन्तुलित र नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । अर्थात शरीर बलियो, निरोगी र तन्दुरुस्त हुन्छ ।

#चोकर सहितको अन्न

गहुँ, फापर, मकै जस्ता अन्न स्वास्थ्यका लागि राम्रो मानिन्छ । किनकी यसमा चोकरको मात्रा धेरै हुन्छ । चोक्कर सहितको अन्नको सेवनले कब्जियत हुँदैन । साथै, शरीरको प्रतिरोधी क्षमता बलियो हुन्छ ।

#पानी

पानीलाई प्रकृतिक औषधि पनि भनिन्छ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जम्मा भएको कयौ प्रकारको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ । प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । पानीको सेवन गर्दा सकेसम्म तातो वा मनतातो पानीको सेवन गर्नुपर्छ ।

#तुलसी

तुलसी आफैमा बहुगुणी बनस्पति हो । तुलसीमा विभिन्न किसिमको औषधिय गुण पनि छ । यसमा पर्याप्त मात्रामा एन्टीबायोटिक गुण रहेको हुन्छ । जसले दुखाई कम गर्न, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउन सहायता प्रदान गर्छ । तुलसीका यी गुण प्राप्त गर्नका लागि प्रत्येक तीन देखि पाँच वटा पत्ता तुलसीको सेवन गर्नु पर्छ । यसलाई पानीमा हालेर तथा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ भने हरियो पात त्यसै चपाउँदा पनि लाभ मिल्छ ।

#रसिलो फल

आयुर्वेदले सात्विक खानामा जोड दिएको छ । सात्विक खाना ताजा र रसयुक्त हुने बताइन्छ । अतः यसमा फलफूललाई प्राथमिकता दिइएको छ । त्यसैले मौसम अनुकुल फलफूल सेवन गर्नु निकै लाभदायक हुन्छ ।

फलफूलमा विभिन्न पोषक तत्व पाइन्छ । साथै यसले पाचन क्रियालाई राम्रो बनाउँछ । फलफूलको नियमित सेवनले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ ।

#अंकुरित अन्न

केराउ, चना, मुंग, मेथी लगायतका गेडागुडी भिजाएर अंकुराएपछि खान सकिन्छ । यस्ता गेडागुडीलाई रातभर पानीमा भिजाएर खाएमा यसले शरीरलाई स्वस्थ राख्छ । विशेषगरी यस्ता अन्नलाई उमार्नाले यसमा रहेको पोषक तत्वको क्षमता अझै बढ्ने गर्छ । साथै, यो पचाउनमा सजिलो हुनुका साथै खानमा स्वादिलो र पोषणयुक्त पनि हुन्छ ।

#सलाद

सलाद अर्थात काँचो खान सकिने सागसब्जीहरु । यस्ता खानेकुराले हाम्रो पाचनयन्त्रलाई चुस्त र बलियो बनाउँछ । पाचन यन्त्र राम्रो भएमा शरीरमा अन्य रोगहरुको भय कम हुन्छ ।

सलादको रुपमा मुला, कांक्रा, गाजर, प्याज, चुकन्दर आदि प्रयोग गर्न सकिन्छ । आफ्नो हरेक छाकमा सलादलाई सामेल गराउनु उचित हुन्छ । सलादले खानेकुरा पचाउनमा थप सहयोग गर्छ ।

सन्तुलित, स्वस्थ्यवद्र्धक खानेकुरासँग दिनचर्या र मनलाई पनि अनुशासित राख्न सकियो भने शरीरमा रोगको भय हुँदैन ।

#योग

योग तथा प्राणायामले शरीरलाई रोग मुक्त राख्न तथा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निभाउने गर्छ । कुनै जानकार व्यक्तिबाट घरमै बसेर पनि योग अभ्यास गर्न सकिन्छ र यसको लाभ लिन सकिन्छ । जसले गर्दा शरीरको प्रतिरोधी क्षमता बलियो हुने गर्छ ।

#हाँस्नु पनि औषधि

हाँस्नु भनेको खुसीको अभिव्यक्ति हो । जब हामी हाँस्छौं, हामीले आनन्दित महसुष गर्छौं । यसले रक्तसंचार र फोक्सोको कार्यलाई समेत फाइदा पुग्छ । त्यसैले त भनिन्छ, हाँस्नु आफैमा एक उपचार हो । हाँसेको बेला फोक्सोले पर्याप्त अक्सिजन ग्रहण गर्छ । दिमाग शान्त र तनामुक्त हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

 #शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’एजेन्सी – प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग ...
05/10/2020

#शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’

एजेन्सी – प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग लड्ने, चोटपटकबाट राहत दिने, विभिन्न रोगहरु लाग्नबाट बचाउने काम गर्छ । यस्ता प्राकृतिक रुपमा नै औषधिय गुण भएका खानेकुराहरुले शरीरलाई सुरक्षा दिने काम गर्छ । साथै, शरीरका भित्रि अंगहरुमा हुने संक्रमणबाट समेत बचाउँछ । त्यति मात्र होइन रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

विशेषज्ञका अनुसार प्राकृतिक एन्टीबायोटिक्सको प्रयोगबाट चिसो, ज्वरो, हाडजोर्नी दुख्ने समस्या, निमोनिया र अन्य संक्रमणबाट बच्न सकिन्छ ।

#लसुन
लसुनमा भएको एन्टीब्याक्टेरिया गुणले शरीरलाई विभिन्न संक्रमणबाट बचाउँछ । जैतुनको तेलमा भिजाएको लसुन मिसाएर खानामा खाँदा निकै फाइदाजनक हुन्छ । एक दिन दुई दाना लसुन खानु फाइदाजनक हुन्छ ।

#मह
मह घरेलु उपचारको लागि एकदमै महत्वपूर्ण खानेकुरा हो । यसमा प्राकृतिक एन्टीबायोटिक्स हुने भएकाले यसलाई चिनीको विकल्पको रुपमा प्रयोग गरेर चियामा समेत खाने गर्दा निकै फाइदा पुर्याउँछ । भने शरीरलाई विभिन्न संक्रमण हुनबाट सुरक्षा दिन्छ ।

#बेसार
बेसारमा आश्चर्यलाग्दा फाइदाहरु हुन्छन् । यसमा पाइने करक्युमिनले प्राकृतिक एन्टीबायोटिक्सको काम गर्छ । करक्युमिनमा शक्तिशाली एन्टी अक्सिडेन्ट र सुन्निन कम गराउने विशेषता हुन्छ । यसले शरीरमा फ्रि रेडिकल्सका कारण हुने नोक्सानबाट बचाउँछ । बेसारले दिमागका नसाहरुलाई पनि र जोर्नीको दुखाई पनि कम गर्छ । यसको नियमित सेवन गर्नुस् ।

#अदुवा
यसमा विभिन्न प्राकृतिक गुणहरु हुन्छ । यसमा पाइने तत्वले शरीरमा भित्री अंगहरु सुन्निन दिँदैन । वाकवाक लाग्ने, टाउको दुख्ने र एसिडिटीको समस्यामा अदुवाको प्रयोग फाइदाजनक हुन्छ । यसले खुट्टाहरु दुख्न पनि कम गर्छ । अदुवा, मह मिसाएर चिया बनाएर खाने गर्दा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बचाउँछ ।

 #यौन–सुख : जि स्पट र आनन्दमहिलामा उत्तेजना कसरी बढाउने ? भन्ने कुरा धेरैको लागि महत्वपूर्ण र चासोपूर्ण कुरा हो । महिलाल...
04/10/2020

#यौन–सुख : जि स्पट र आनन्द

महिलामा उत्तेजना कसरी बढाउने ? भन्ने कुरा धेरैको लागि महत्वपूर्ण र चासोपूर्ण कुरा हो । महिलालाई कुन अंगमा छुँदा उनीहरुमा उत्तेजना आउँछ भन्ने कुरा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । सुरुसुरुमा कुनै पनि महिलाको लागि यो कुरा पत्ता लगाउन नै मुस्किल हुन्छ कि कसरी चरम आनन्द प्रदान गर्ने ?

सन् २०१७ मा गरिएको एक अध्ययन अनुसार लिङ्ग प्रवेशबाट मात्रै कुनै पनि महिलालाई चरम आनन्द प्राप्त गराउनु मुस्किल काम हो । महिलाहरूको लागि सम्भोगबाट अर्गेज्म प्राप्त गर्नु अपेक्षाकृत रूपमा असामान्य हुन्छ । वास्तवमा केवल १८ प्रतिशत महिलामात्रै लिङ्ग प्रवेशबाट चरम आनन्द प्राप्त गर्ने खालका हुन्छन् । यस्ता महिलाहरूले लिङ्ग प्रवेशभन्दा पहिले नै अर्गेज्मको लागि संवेदनशील अंगमा छुने लगायतका अर्गेज्मका विभिन्न शैली भोगिसकेका हुन्छन् । यसमा जी स्पट भन्ने एउटा संवेदनशील अंग हुन्छ जसमा छुँदामात्रै पनि महिलाहरू चरम आनन्दमा पुग्ने गर्छन् ।

#जी स्पट के हो ?

अहिलेसम्म जी स्पट वास्तवमा हुन्छ या हुन्न भन्ने बारेमा समेत कुनै स्थापत्य प्रमाण छैन । तर जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनले जी स्पटको रचनात्मक अस्तित्वको बारेमा बताएको छ । जीस्पटको बारेमा पहिलो पटक सन् १९५० को दशकमा खोज गरिएको थियो । डा. अन्स्र्ट ग्रेफेनवर्गले मूत्र मार्गको साथ योनीको भित्र माथिल्लो भागमा रहेको यो अंग उत्तेजनाको लागि सक्रिय रहेको उल्लेख गरेका छन् ।

जी स्पट वास्तवमा योनीको भित्र एउटा सानो क्षेत्र हुन्छ । यो योनीको भित्र दुई इन्च या त्योभन्दा थोरै भित्र माथिल्लो भागमा रहने गर्छ । जी स्पट यौन संवेदनशील हुन्छ र उत्तेजनाको समयमा यसले आनन्द दिने गर्छ । जी स्पट महिलाको योनीमा हुने एउटा निश्चित स्थान होइन । यो त योनीमा जुन सुकै ठाउँमा पनि पाउन सकिन्छ । यौन सम्पर्कको समयमा जी स्पटलाई उत्तेजित पार्न कोही महिला इच्छित हुन्छन् भने कोही यसमा चासो राख्दैनन् । महिलाहरू यस तरिकाले या कुनै अर्काे तरिकाले समेत संवेदनामा कुनै अन्तर महसुस हुँदैन ।

जी स्पट कहाँ रहन्छ ?

जी स्पट योनीको लगभग दुई देखि तीन इन्च भित्र माथिल्लो भागमा हुने गर्छ । यदि स्वयं यसलाई पत्ता लगाउन चाहनुहुन्छ भने आफ्नो औंलाले यसलाई पत्ता लगाउन मुस्किल हुने गर्छ ।

यदि तपाईं चाहनुहुन्छ भने, सबैभन्दा सुरुमा आफ्नो पेटमा हात राख्नुहोस् । त्यसपछि बिस्तारै हातलाई आफ्नो योनी तर्फ घिसारेर लैजानुहोस् । दोस्रो पटक दुई वटा औंलालाई त्यसरी नै पेटबाट योनीसम्म लैजानुहोस् र बिस्तारै योनीबाट पेटतिर लैजानुहोस् । यस्तो गर्दा जीस्पट कहाँ छ भन्ने थाहा हुन सक्छ ।

धेरै महिलाले आफ्नो जी स्पट नभेटेको महसुस गर्छन् । महिलामा जी स्पट खोज्नको लागि पहिले उत्तेजनामा जानु पर्ने हुन्छ । जी स्पट खोज्नको लागि तपाईं कुनै स्त्री रोग विशेषज्ञ कहाँ जानु भयो भने तपाईंले त्यतिबेला पनि जी स्पट खोज्न सक्नुहुन्न । किनकि त्यो बेलामा तपाईं उत्तेजित हुनुभएको नहुन सक्छ । बरु एक्लै कोठामा बसेर पूरा उत्तेजनामा पुगेको बेलामा भने जी स्पट भेट्न सक्छन् ।

#जी स्पटलाई कसरी उत्तेजित पार्ने ?

यो रहस्यमयी ठाउँ खोज्नको लागि सबैभन्दा राम्रो तरिका यो हो कि तपाईं यसलाई उत्तेजित गर्नको लागि आफ्नो साथीको साथ काम गर्नुहोस् । यदि माथि उल्लेख गरिए अनुसार महिलाको जी स्पट कहाँ छ भन्ने पत्ता लागिसकेको छ भन्ने अब मजा लिने समय आयो भन्ने बुझ्दा हुन्छ ।

कतिपय महिलालाई जी स्पटमा उत्तेजना नहुन पनि सक्छ । यस्तो अवस्थामा कतिपय महिलालाई हातले जीस्पटमा छोएको मन नपर्न सक्छ । त्यसैले महिलाको बानीलाई ध्यान दिएर मात्रै यसबारेमा ध्यान दिनुपर्छ । अर्काेतर्फ, जीस्पटलाई औंलाले रगड्नु वा मालिस गर्नुले पनि जी स्पटमा उत्तेजना आउन सक्छ ।

यहाँ केही उपाय उल्लेख गरिएको छ जसले जीस्पटको मालिस एवं उत्तेजना बढाउन सकिन्छ

–पहिलो, यदि तपाईंले जीस्पटलाई बारम्बार आफ्नो औंलाले दबाउन सक्नुहुन्छ । जस्तो कि तपाईं एक बटमलाई दबाउनु हुन्छ त्यसरी नै यसलाई दबाउन सक्नुहुन्छ । केही महिलाको लागि हल्का दबाब पर्याप्त हुन्छ भने केहीको लागि धेरे दबाब आवश्यक पर्छ ।

–दोस्रोमा आफ्नो माझी औंला र साइली औंलाले यता आउ भन्न इसारा गरे जसरी औंलाले जी स्पटलाई बिस्तारै छुन सकिन्छ ।

सबैभन्दा पहिले आफ्नो जीस्पटमा आफ्नो औंलालाई दरिलो पाराले राख्नुपर्छ । यसलाई आवश्यकता अनुसार दबाब दिन पनि सकिन्छ ।

#जीस्पटलाई उत्तेजित पार्नको लागि यौन ढाँचा

यदि तपाईं यौन सम्पर्कको समयमा जीस्पटलाई उत्तेजित बनाउन चाहनुहुन्छ भने त्यसको लागि सही कोण वा यौनको सही ढाँचा तयार पार्नु आवश्यक हुन्छ । त्यसको लागि केही यस्ता यौन ढाँचाहरु छन् जुन ढाँचामा यौन सम्पर्क राख्दा महिला धेरै उत्तेजित हुने गर्छन् ।

#काउ गर्ल पोज

आफ्नो साथीलाई उसको पीठको बलमा सुत्न लगाउनु होस् । यसरी सुत्दा गाई उभिएको जस्तो अवस्था हुन्छ । त्यसपछि आफू त्यसमाथि चढ्नुहोस् । यो स्थिति तपाईंको लय, गहिराई र प्रवेशको कोणमा पूर्ण नियन्त्रण गर्ने गर्छ । ताकि तपाईं आफ्नो जी स्पट खोज्नेतर्फ ध्यान दिन सक्नुहुन्छ ।

#डगी स्टाइल पोज

यो पोज यौन सम्पर्कको दौरान गहिरो आनन्द प्राप्त गर्ने एउटा शानदार तरिका हो । यसमा आफ्नो जीस्पटलाई हिट गर्नको लागि यसको कोण बदल्नु पर्ने हुन्छ ।

#जीस्पट स्थिति

जस्तो कि नामबाटै पनि पत्ता लाग्छ कि यो स्थिति तपाईंको यस्तो साथीको लागि हो, जसले एक झड्कामा नै तपाईंको जी स्पटलाई उत्तेजित पार्ने गर्छ । तपाईं आफ्नो पीठको बलले बस्नुहोस् र आफ्नो साथीलाई दुई खुट्टाको बीचबाट प्रवेश गर्न भन्नुहोस् । यो पनि चरम यौन आनन्द लिनको लागि उपयुक्त पोज हो ।

 #  aunty dance
26/09/2020

# aunty dance

हेर्नुहोस Nepal Police को दादागिरि
18/09/2020

हेर्नुहोस Nepal Police को दादागिरि

😍😍😍😍😍
18/09/2020

😍😍😍😍😍

 #महिला कण्डमको प्रयोग कसरी गर्ने ? हेर्नुहोस भिडियो
12/09/2020

#महिला कण्डमको प्रयोग कसरी गर्ने ? हेर्नुहोस भिडियो

नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै भएको पाइँदैन यद्धपी यसको प्रयोग दर बढदो क्रममा रहेको सरोकारवालाको दावी ....

 #जितिया : मातृशक्तिको आराधना गर्ने एउटा कठोर पर्व‘तोहर माय जितिया कैने छौ त आ भिड’ अर्थात तिम्री आमाले जितिया व्रत बसेक...
12/09/2020

#जितिया : मातृशक्तिको आराधना गर्ने एउटा कठोर पर्व

‘तोहर माय जितिया कैने छौ त आ भिड’ अर्थात तिम्री आमाले जितिया व्रत बसेकी छन् भने आउ भिड । यो उक्ति मिथिला क्षेत्र मात्रै नभएर तत्कालीन मध्यदेशको कुल १३ वटा जनपदमध्ये नेपालको सीमाभित्र पर्ने तीनवटै जनपदका युवाहरूले अहिले पनि कुस्ती खेल्ने बेलामा प्रयोग गर्ने गर्छन् । कोही पनि एउटा ठूलो दुर्घटनाबाट बचेर फर्कियो भने तराईमा सिधै भनिन्छ ‘तिम्री आमाले गरेको जितिया पर्वको फल हो यो ।’

यही शक्तिशाली एवं कठोर जितिया पर्व नेपालको तराइभेग एवं आसपासका भारतीय क्षेत्रमा पनि आजदेखि तीन दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ । आफ्नो सन्तानको लागि जति प्रशव वेदना एउटी आमाले सहन्छिन्, त्यही आमाले आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म आफ्नो सन्तान दीर्घायु र समृद्धिको लागि अर्काे कठोर व्रत बस्ने गर्छिन् । यो एक किसिमको उपासना हो जहाँ दिवंगत मातृशक्तिको पूजा गरिन्छ र आफ्ना सन्तानको दीर्घायुको कामना गर्ने गरिन्छ ।

मनुस्मृतिका अनुसार उत्तरमा हिमालय, दक्षिणमा विन्ध्याचल, पश्चिममा विनशन (राजस्थानको मरुभूमिमा सरस्वतीको लुप्त हुने स्थान) तथा पूर्वमा गंगा (यमुनाको संगमस्थल) प्रयागसम्म फैलिएको भूभागलाई मध्यदेश भनेर उल्लेख गरिएको छ । त्यही मध्यदेशबाट मधेश भन्ने शब्दावली बनेको मानिन्छ । त्योमध्यदेशमा कुल १३ वटा जनपद थिए । त्यही मध्यदेशका जनपदहरूमध्ये ३ वटा जनपदले सिञ्चिएको भूमि हाल नेपालको भूभागमा पर्छ ।

पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण तराईवासी नेपालीको लागि यो पर्व आ–आफ्नै महत्वका साथ मनाउने गर्छन् । कतै पुरुष र महिलाहरू दुवै यो कठोर व्रत बस्छन् त कतै महिलाहरूमात्रै व्रत बस्ने गर्छन् । थारूहरूले यसलाई आफ्नो विशेष पर्व मान्छन् । मिथिला होस् या भोजपुरा सबैतिरकाले यसलाई अपनत्व महसुस गर्दै मनाउने गर्छन् । मिथिला क्षेत्रका संस्कृतिविद् डा. रामदयाल राकेश भन्छन् ‘एउटै वाक्यमा भन्दा यो सिंगो तराईलाई एउटै सूत्रमा बाँध्ने एउटा पवित्र पर्व हो ।’

#जितियाको सामाजिक सांस्कृतिक महत्व

यसको सामाजिक महत्वलाई केलाउँदा यो मातृशक्तिलाई पुज्ने छुट्टै खालको पर्व हो । हिन्दुशास्त्रमा धेरै पर्वहरू छन् जसमा पुरुष शक्तिलाई पुजिन्छ । तर आफ्नै दिवंगत महिला पुर्खालाई सम्झिने यो पर्व सिंगो मुलुकमा नै एउटा भिन्न खालको पर्व रहेको बताउँछन् जितिया पर्वका जानकार गोपाल ठाकुर । उनी भन्छन् ‘जुनसुकै पर्व पनि सामाजिक र सांस्कृतिक महत्व बोकेकै खालको हुन्छ । तर यो पर्व अरूभन्दा भिन्न छ । हामी श्राद्ध गर्छाैं पितृपक्षको लागि, अरू पूजाआजामा पनि पितृपक्षको नै बढी दबदबा हुन्छ । तर यो यस्तो पर्व हो । जहाँ मातृशक्तिलाई पूज्ने गरिन्छ ।’ मातृशक्तिको स्मरणको लागि स्त्री जातिले नै गर्ने कठोर किसिमको यो व्रतलाई केवल मिथिला र भोजपुरा क्षेत्र विशेषको पर्व भन्नै नमिल्ने ठाकुरको मत छ । ‘मध्यदेशका नेपालको सीमामा पर्ने तीनवटै जनपदको मुख्य पर्व हो यो । न कि यो मिथिला र भोजपुराको मात्रै ।’

#पितृपक्षको एउटा कठोर पर्व

यो पर्व हरेक वर्ष असोज महिनाको पितृपक्ष (कृष्ण पक्ष)मा मनाउने गरिन्छ । असोज कृष्ण सप्तमीको दिन कोदोको रोटी वा माछाका विभिन्न परिकारलाई दरको रूपमा खाने गरिन्छ । यो कठोर व्रतअघिको अन्तिम खाना हो ।

संस्कृतिविद् डा. गंगाप्रसाद अकेलाका अनुसार जितिया पर्वलाई शास्त्रीय भाषामा जिमुत वाहन पर्व भनिन्छ भने स्थानीय भाषामा जितिया भनिएको हो । यसको तीनदिनको आ–आफ्नै विधान छ । पहिलो दिन अर्थात् सप्तमीको दिन बिहान स्नान गरिसकेपछि नङ काट्न लगायतका सबै शरीर शुद्धीका कर्महरू गर्नुपर्छ । पवित्र भइसकेपछि चील, गिद्ध र स्यालको स्त्री र पुरुष लिङ्गी स्वरूपको पूजा गर्ने गरिएको छ । त्यो पूजाको क्रममा घिरौंलाको पातमा दही, च्युरा, सख्खर आदि चढाउने गरिन्छ । त्यसमा तुलसीपत्तालाई पनि अनिवार्य गरिएको पाइन्छ । व्रतको अघिल्लो दिन माछा खानै पर्ने नियम छ । यदि माछा नखानेहरूले कोदो खाने गर्र्छन् ।

व्रत बस्ने दिन बिहान भने ४ बजेअघि नै सात्विक भोजन खानुपर्ने हुन्छ । यही विषयमा एउटा स्थानीय उक्ति सम्झन्छन् अकेला ‘जितिया पगनी बढभारी घिया पुताके ठोक सुतलक अपने लेलक भैरथारी’ अर्थात् व्रत बस्नेले व्रतको दिन बच्चाहरूलाई खुवाउने अनि बच्चाहरूलाई सुताएपछि मात्रै आफूले खाना खानू भन्ने शास्त्रीय आदेश छ । सप्तमीको दिनलाई ‘लाहा खाएके,’ भन्ने गरिएको जानकारहरू बताउँछन् ।

जितियाको दोस्रो दिन अष्टमीलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भन्ने गरिन्छ । पारन अर्थात् व्रत सकिएपछि खाने पहिलो प्रसाद हो । जसमा दिवंगत आमा, हजुरआमाहरूलाई मनपर्ने शाकाहारी या मांसाहारी खाना समेत खाने गरिएको ठाकुर बताउँछन् ।

यही पर्वसँग जोडिएको सरगै भन्ने परिकारको पनि चलन देख्न सकिन्छ । सरगै खुवाउने चलन रहेको संस्कृतिविद् डा. राकेश बताउँछन् । यसको लागि नयाँ धानबाट कुटेको चिउरालाई दहीमा राखेर बनाइन्छ । साथै, जितिया पूजा नगर्ने आफन्तको घरमा सरगै पु¥याउने चलन रहेको राकेशले बताए ।

#एउटा कठोर व्रत

जतिबेला पहाडीभेगमा सोह्र श्राद्धको माहोल सुरु हुन्छ, त्यसपछि तराई जितियाको माहालमा डुबिसकेको हुन्छ । हुन त यो पर्व तीनदिन मनाइन्छ । तर यसको माहोललाई केवल ३ दिनमा खुम्च्याउन चाहँदैनन् तराईवासीहरू ।

व्रत आफैँमा कठोर हुन्छ । तर आजकल व्रतमा पनि केही खुकुलो गरिएको पाइन्छ । तर जितिया पर्व अहिलेसम्म पनि तराई भेगकै एउटा कठोर पर्वको रूपमा परिचित छ ।

जसरी पहाडी भेगका मान्छेले तीजमा निर्जला व्रतलाई सबैभन्दा कठिन मान्ने गर्छन् त्यो भन्दा कठिन छ जितियाको नियम ।

जितिया पर्वसम्बन्धी अर्का जानकार आनन्द गुप्ता दर खाएर बस्ने या दर नखाइ बस्ने जितिया गरी यसको पनि दुई पक्ष रहेको बताउँछन् । दर खाएर परम्परालाई स्थानीय भाषामा ‘डट्खट’ दर खाने गर्दछन् । ‘खर जितिया’ भन्ने अर्काे कठोर जितिया हो । जसमा ‘डट्खट’ खाइँदैन ।

अघिल्लो दिन दर खाएर बस्ने व्रतमा व्रतालुहरू दर खाइसकेपछि जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ । अष्टमीको दिन व्रत बसेका महिलाहरूले एउटा घाँसको पात पनि चुँड्न नहुने, पानी पिउन नहुने र मुखमा केही गरी भुसुना पस्यो भने पनि व्रत सिद्ध हुँदैन भन्ने मान्यता छ । अष्टमीको दिन रातभरि यसैगरी जागा बसेपछि नवमीको दिन बिहानै प्रसाद ग्रहण गरेर व्रत समापन गर्ने मान्यता छ ।

जितिया पर्वमा गाउँने गीतलाई बदहा गीत भनिन्छ । यो सप्तमीको दिनदेखि अष्टमीको दिन बिहानसम्म गाउने गरिन्छ । अष्टमीको दिन बिहान सबेरै उठेर नजिकैको खोला या नदीमा स्नानको लागि जाने गर्छन् । नदी या खोलामा पातमा पिना राखी बगाउने चलन समेत छ । स्नान गरेर फर्केपछि बेल टिप्न जाने चलन छ । बेल टिप्न जाने बेलामा गर्ने बेलको रूखको चारैतिर व्रतालुहरूले फुला लोर्होनी गीतमा झमटा नाच नाच्ने गर्छन् । व्रतालुले पात समेत टिप्न हुँदैन भन्ने मान्यता छ । त्यसैले त्यहाँ व्रत नबसेकालाई बेल टिप्न लगाउने गर्छन् । उपवासको दिन अर्थात् अष्टमीको दिन अपराह्न व्रतालुहरू फेरि खोलामा गई पिनाले नुहाउने गर्छन् । बेलुकीको स्नानपछि पिपलको रूखमुनि गएर झम्टा नाच नाच्ने गरेको संस्कृतिविद्हरू बताउँछन् ।

यो पर्व संवृद्धिको पर्व हो । यो पर्वमा दिवंगत सासु या आफ्नी आमाको पूजा आराधना गर्ने गर्छन् । यो पर्वमा मातृशक्तिको पूजाको लागि घिरौंला वा घिरौंलाको पात, खरी र तेलको प्रयोग बढी हुने गर्छ । यो ऋतुसँग जोडिएको पर्व समेत भएकोले यो पर्वमा यही ऋतुमा धेरै फल्ने फलफूललाई बढी महत्व दिने गरिन्छ ।

 #आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरुअहिले कोरोनाको कारण मेकअप गर्ने, पार्लर धाउने अनुकुल वातावरण छैन । त्...
12/09/2020

#आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु

अहिले कोरोनाको कारण मेकअप गर्ने, पार्लर धाउने अनुकुल वातावरण छैन । त्यसो त धेरैजसो अवस्थामा घरभित्र बस्नुपर्ने, हिँडडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मेकअप गर्नैपर्ने बाध्यता नहोला । यद्यपि यस्तो अवस्थामा पनि कसरी आफ्नो अनुहार, कपाल, छाला, नङ अर्थात समग्र शरीरको सौन्दर्य कायम राख्ने ? कसरी आफुलाई फिट एन्ड फाइन राख्ने ? सरोकारका विषय हुन् ।

यसै मेसोमा अहिले ‘नो मेकअप’ भन्दै कतिपय सेलिब्रेटीहरु लिपपोत नगरी सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । त्यसो त सेलिब्रेटीहरुले आफुलाई अकर्षक देखाउनका लागि अनुहारको लिपपोतमा मात्र भर पर्दैनन् । उनीहरु व्यायाम, खानपानदेखि सन्तुलित जीवनशैलीसम्ममा ध्यान दिने गर्छन् । खासगरी बलिउड सेलिब्रेटीहरु आफ्नो सौन्दर्य कायम राख्न व्यायाम र खानपानमा बढी ध्यान दिन्छन् । योग, ध्यान गर्ने, व्यायाम गर्ने उनीहरुको नियमित तालिका हुन् ।

अधिकांश बलिउड अभिनेत्रीले आफुलाई आकर्षक राख्नका लागि प्रशस्तै मेहनत गरिरहेका पाइन्छन् । उनीहरु नियमित जीम जाने, व्यायाम गर्ने, योग गर्ने, प्राणायम गर्ने, ध्यान गर्ने गर्छन् । कतिपयलाई त व्यायामको लत नै लागेको पनि छ भन्ने गरिन्छ ।

केही समयअघि निर्माता एवं निर्देशक बोनी कपूरले छोरी जान्ह्वी कपूरलाई लक्षित गरेर एउटा पत्रिकाको लेख पोस्ट गरेको कुराबाट पनि यसको संकेत मिल्छ । उक्त लेखमा फिटनेस एडिक्सनको साइड इफेक्टबारे लेखिएको थियो । संभवत बोनी आफ्ना छोरीलाई फिटनेसप्रति त्यती धेरै आशक्ति नराख्न सुझाउँथे ।

अन्र्तवर्ताको क्रममा बलिउड अभिनेत्रीहरुको जब दैनिक तालिकाबारे सोधीखोजी गरिन्छ, उनीहरुको तालिकामा व्यायाम, जिम, वर्कआउट, ध्यान, योग अभिन्न रुपमा जोडिएकै हुन्छ ।

शिल्पा सेट्टी त योग गुरुको रुपमा चिनिदैछन् । उनी निकै कठिन योगाभ्यस पनि गर्न सक्छन् । बाबा रामदेवसँग पनि उनले स्टेजमा एकसाथ योग अभ्यास गरेकी छिन् । युट्युबमा खोज्ने हो भने, शिल्पाले योग गरेको भिडियो प्रशस्तै पाइन्छ ।

विपशा बसुलगायत अरु थुप्रै अभिनेत्री योग, ध्यान, व्यायाममा निपूर्ण रहेको पाइन्छ । केही समयअघि अभिनेत्री रानी मुखर्जीले दिनमा सय पटकभन्दा बढी सूर्य नमस्कार गर्ने गरेको बताएकी थिइन् । सूर्य नमस्कारमा १२ वटा अवस्थिती हुन्छ, जसले समग्र शरीरको समूचित व्यायाम गराउँछ ।

बलिउड अभिनेत्रीहरुले खानपानमा पनि उत्तिकै ध्यान दिने गरेका छन् । उनीहरु सन्तुलित र सुपाच्य भोजन गर्छन् । धेरैजसोले उसिनेको खानेकुरा सेवन गर्छन् । विहानदेखि रातीसम्मको खानपान तालिकामा सम्पूर्ण पोषक तत्व मिलाएका हुन्छन् ।

यी भए प्राकृतिक तौर तरिका । यसबाहेक उनीहरु ड्रेसअप, मेकअपमा पनि उत्तिकै सचेत हुने गरेका छन् । अतः यहाँ केही बलिउड अभिनेत्रीको मेकअप शैलीबारे चर्चा गरिएको छ ।

अभिनेत्री ऐश्वर्य राय वच्चनले भनेकी छिन्, ‘मेरो हिसाबले हरेक युवती सुन्दर हुन्छन् । मेरो सुन्दरतामा मेकअपको ठूलो भूमिका छ । ग्ल्यामर वल्र्डमा आइसकेपछि मैले मेकअपलाई सधै साथी बनाएँ ।’

अभिनेत्री श्रद्धा कपूरले मेकअपलाई अहिले कम प्राथमिकता दिएको बताउने गरेकी छिन् । उनले भनेकी छिन्, ‘अहिले म निकै कम मेकअप गर्छु । मेकअपभन्दा पनि व्यायाम, योग र सही खानपानमा जोड दिन्छु ।’

१२ बर्ष भन्दा ठुलो उमेरको लागि Lockdown को बेलामा सामान्य ज्वरो, रुघा खोकी र पेट दुख्ने आदि समस्याको घरमै उपचार कसरी गर्...
09/09/2020

१२ बर्ष भन्दा ठुलो उमेरको लागि Lockdown को बेलामा सामान्य ज्वरो, रुघा खोकी र पेट दुख्ने आदि समस्याको घरमै उपचार कसरी गर्ने?
Please जनचेतनाको लागि Share गर्दिनु होला Dr. Kalyan को Wall बाट

Address


Website

Alerts

Be the first to know and let us send you an email when H&W Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to H&W Online:

Shortcuts

  • Want your practice to be the top-listed clinic?

Share