योगीमन

  • Home
  • योगीमन

योगीमन "शब्दनै चित्र बन्दछ मन भित्र, बाहिर आउँछ बनेर चरित्र"

ॐ सर्वे भवन्तु सुखिनः ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु ।
मा कश्चित् दुःख भाग्भवेत् ॥
ॐ शान्तिः शान्तिः शान्तिः॥

💐👉️आजको समयमा, हामी प्रायः भगवानलाई त मान्छौँ तर उहाँको नियमहरू भुल्ने गर्छौँ। योगिमनको यो मार्मिक सन्देशले हाम्रो यही व...
06/07/2026

💐👉️आजको समयमा, हामी प्रायः भगवानलाई त मान्छौँ तर उहाँको नियमहरू भुल्ने गर्छौँ। योगिमनको यो मार्मिक सन्देशले हाम्रो यही विरोधाभासलाई चित्रण गर्दछ। यो गहन सन्देशलाई अरूसम्म पुर्याउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नुहोस।👍️
👉️यो शक्तिशाली विचारलाई तपाइँको साथीभाइ र परिवारसँग साझा (Share) गर्नुहोस् र सबैलाई सचेत गराउनुहोस्! धन्यवाद।🙏

🌱 जीवनमा सबैलाई साँचो प्रेम र सम्मानलाई समयमै दिन सिकौं।  💬 तपाईंलाई यो सन्देश मन परेमा Like, Comment, Share गर्नुहोस्। ...
05/07/2026

🌱 जीवनमा सबैलाई साँचो प्रेम र सम्मानलाई समयमै दिन सिकौं।

💬 तपाईंलाई यो सन्देश मन परेमा Like, Comment, Share गर्नुहोस्।
✨ पेजलाई Follow गरेर योगिमनसङ्ग जोडिनुहोस्🙏।

🌸 "योगीमन" भन्ने शब्द आफैंमा गहिरो आध्यात्मिक अर्थ बोकेको छ। मनलाई मित्र बनाउनु नै योगमय जीवनको उद्धेश्य हो।👉योगी: जो आत...
04/07/2026

🌸 "योगीमन" भन्ने शब्द आफैंमा गहिरो आध्यात्मिक अर्थ बोकेको छ। मनलाई मित्र बनाउनु नै योगमय जीवनको उद्धेश्य हो।
👉योगी: जो आत्मज्ञान, अनुशासन, ध्यान र साधनामा जीवन अर्पण गर्छ।मन: चेतना, विचार, भावना र आत्माको केन्द्र।
👉 "योगीमन" भन्नाले योगीको मन, अर्थात् शुद्ध, शान्त, करुणामय र प्रकृतिसँग एकाकार भएको चेतनालाई जनाउँछ।🧘 👉योगीमन — शुद्ध चेतनाको यात्रा 🌿
जहाँ मन शान्त हुन्छ, आत्मा उज्यालो हुन्छ।
#योगीमन

01/07/2026

सुद्द शाकाहारी खाना खानु हाम्रो धर्म हो। अपराध र अपराधीक गतिविधिमा मानवता हुदैन। #शाकाहारी #योगिमन

🙏 हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा ।।🙏 विश्व गुरुदेश नेपालको पवित्र पुण्यभूमि हरिहर क्षेत्र ...
26/06/2026

🙏 हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा ।।🙏
विश्व गुरुदेश नेपालको पवित्र पुण्यभूमि हरिहर क्षेत्र देवघाटधाम तथा पावन नारायणी गंगामाताको काखमा, विश्व गुरुदेश नेपाल अभियानका अन्तर्राष्ट्रिय अभियन्ता, योगगुरु परमश्रद्धेय आचार्य राजन शर्मा ज्यूको विशेष उपस्थितिमा आयोजित विशाल योग–विज्ञान शिविर, आध्यात्मिक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
📍 कार्यक्रम स्थान:
नेपाल प्रहरी विद्यालय (तालिम केन्द्र), भरतपुर–१०, चितवन
📅 मिति:
२०८३ साल असार १५ गते, सोमबार
🕔 समय:
बिहान ५:०० बजेदेखि ९:०० बजेसम्म
कार्यक्रमका मुख्य आकर्षणहरू:
🕉️ सामूहिक योग साधना
🕉️ योग–विज्ञान तथा आत्मविज्ञान प्रवचन
🕉️ गुरु राष्ट्र निर्माण विषयक अन्तरक्रिया
🕉️ आध्यात्मिक जागरण तथा चेतना अभियान
आयोजक
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल
(चितवन शाखा)
🙏 उपस्थित भई कार्यक्रमलाई सभ्य, भव्य तथा ऐतिहासिक बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🕉️ जय गुरुदेव । जय विश्व गुरुदेश नेपाल ।। 🕉️

💧 निर्जला एकादशी शुभकामना 💧🙏​"ॐ नमो भगवते वासुदेवाय"​सद्भाव, त्याग र कठोर साधनाको पावन पर्व "निर्जला एकादशी" को अवसरमा य...
25/06/2026

💧 निर्जला एकादशी शुभकामना 💧🙏
​"ॐ नमो भगवते वासुदेवाय"
​सद्भाव, त्याग र कठोर साधनाको पावन पर्व "निर्जला एकादशी" को अवसरमा यहाँ र यहाँको सम्पूर्ण परिवारमा हार्दिक शुभकामना!
​यस पवित्र दिनले हामी सबैमा आत्मसंयम, मानसिक शान्ति र सुस्वास्थ्य प्रदान गरोस्।
​🌟 निर्जला एकादशीको विशेष महत्त्व
​जलबिनाको कठिन व्रत: 'निर्जला' को अर्थ हुन्छ- जल बिनाको। यस दिन व्रत बस्ने व्रतालुहरूले सूर्योदयदेखि भोलिपल्ट सूर्योदयसम्म पानी समेत नपिई कठोर व्रत बस्ने गर्छन्। यसले शारीरिक र मानसिक संयमको उच्च परीक्षा लिन्छ।
​भीम एकादशी: महाभारत कालमा पाँच पाण्डवमध्ये भीमसेनले कुनै पनि एकादशीमा भोकै बस्न नसक्ने गुनासो गरेपछि, व्यास ऋषिले वर्षमा यो एउटा मात्र निर्जला एकादशीको व्रत बसे वर्षभरिको सबै एकादशीको फल मिल्ने बताउनुभएको थियो। त्यसैले यसलाई भीम एकादशी वा पाण्डव एकादशी पनि भनिन्छ।
​पूर्ण फल प्राप्ति: मान्यता अनुसार यदि कसैले वर्षभरिका अन्य एकादशीहरूको व्रत बस्न सकेको छैन तर निर्जला एकादशीको व्रत पूर्ण निष्ठाका साथ बस्छ भने, उसले वर्षभरिका सबै एकादशी व्रत सरहको पुण्य प्राप्त गर्दछ।
​घैँटो र पङ्खा दानको महत्त्व: यस जेठको प्रचण्ड गर्मीमा पर्ने एकादशीमा तिर्खाएकाहरूलाई पानी खुवाउनु र गर्मीबाट राहत दिनु सबैभन्दा ठूलो धर्म मानिन्छ। त्यसैले आजको दिन पानीले भरिएको घैँटो (कलश), जौको सातु, सर्वत र हातले हम्कने पङ्खा दान गर्ने विशेष परम्परा छ।
​सच्चा मन र नियमपूर्वक राखिएको यो व्रतले शरीरको शुद्धि (Detoxification) गर्नुका साथै इच्छाशक्ति र आत्मबल बलियो बनाउन ठूलो मद्दत पुर्‍याउँछ।
​तपाईँको आजको दिन शुभ र मङ्गलमय रहोस्!🙏
्री_हरि #योगीमन

21/06/2026

अन्तरा्ट्रिय योग दिवस काे शुभकामना 🙏 Part 7

21/06/2026

अन्तरा्ट्रिय योग दिवस काे शुभकामना 🙏 Part 6

21/06/2026

अन्तरा्ट्रिय योग दिवस काे शुभकामना 🙏 Part 5

21/06/2026

अन्तरा्ट्रिय योग दिवस काे शुभकामना 🙏 Part 4

Address


Website

Alerts

Be the first to know and let us send you an email when योगीमन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share