LRL LAHAN यहाँ सबै किसिमका कलचर दक्ष र पूर्ण अनुभवी जानशक्ति द्वारा सुलभ दरमा पूर्ण विश्वासनियताको साथ जाचँ गरिन्छ ।

 #भक्तपुर !
12/07/2026

#भक्तपुर !

07/07/2026

आदरणीय उद्योगपति, वरिष्ठ समाजसेवी एवं प्रवल व्यक्तित्व श्री मनीष शारदा ज्यूका सुपुत्र अंकित र पुनम बीच २०८३ असार २२ गते सम्पन्न सुखद शुभ विवाहको यस पावन एवं ऐतिहासिक अवसरमा नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवन, आपसी प्रेम, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यो शुभ विवाह केवल दुई परिवारको मिलन मात्र नभई, हाम्रो लहान नगरकै लागि एउटा उत्सव र गौरवको क्षण बनेको छ। शारदा परिवारमा थपिनुभएका नयाँ सदस्य (बुहारी) को आगमनसँगै लहान क्षेत्रले थप व्यावसायिक उचाइ लिने विश्वास लिएका छौं । यहाँको दूरदर्शी सोच र नेतृत्वले लहानमा हालसम्म उपलब्ध नभएका आधुनिक, सुविधासम्पन्न र नयाँ व्यवसायहरूको उदय गराउनुभएको छ, जसले समग्र लहान सिटीको मूल्यांकन र गरिमालाई अझ उच्च बनाउने निश्चित छ । यसले स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनामा समेत कोशेढुगां साबित गर्नेछ ।
यो ऐतिहासिक र भव्य (राजा जस्तो) विवाह समारोहमा हामी जस्ता मध्यम वर्गीय नागरिकहरूलाई समेत आत्मीयताका साथ निमन्त्रणा गरी सरिक गराउनुभएकोमा आदरणीय मनीष शारदा ज्यू तथा सम्पूर्ण शारदा परिवारप्रति म विजय कुमार यादव एवं एल.आर.एल. संस्था परिवार सदैव आभारी र ऋणी रहनेछौं।

नवदम्पतीको आगामी जीवन सुख, शान्ति र प्रगतिका साथ अगाडि बढोस्, यही नै भगवानसँग प्रार्थना गर्दछौं। .

शुभचिन्तक
विजय कुमार यादव
तथा
सम्पूर्ण एल.आर.एल. परिवार
लहान, सिराहा

देश बाहिर देश भित्र छरिएर रहनु भएको सम्पुर्ण ईस्टमित्रहरू मा रामनवमी पूजा २०८२ को उपलक्ष्यमा उतरोतर प्रगतिको लागि हार्दि...
27/03/2026

देश बाहिर देश भित्र छरिएर रहनु भएको सम्पुर्ण ईस्टमित्रहरू मा रामनवमी पूजा २०८२ को उपलक्ष्यमा उतरोतर प्रगतिको लागि हार्दिक मगलमय शुभकामना !🙏 .

15/02/2026
महाशिवरात्री पुजा २०८२ काे पावन अवसरमा देश तथा विदेशमा रहनुहुने ईष्टमित्रहरुकाे सुस्वास्थ्य तथा दिर्घायुकाे कामना भगवान ...
15/02/2026

महाशिवरात्री पुजा २०८२ काे पावन अवसरमा देश तथा विदेशमा रहनुहुने ईष्टमित्रहरुकाे सुस्वास्थ्य तथा दिर्घायुकाे कामना भगवान भाेलेनाथसँग प्रार्थना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । #जयशम्भु 🙏

05/02/2026

सिरहाको लहान अस्पताल चौक अबस्थित एल.आर .एल.(ल्याब समन्धी सम्पुर्ण जाच )को लागी अब धरान ,बिराटनगर ,काठमाडौ र पटना जानू प्रदैन ?आधुनिक मेसिन , गुणस्तरीय ,वेल कमपुटराईज र दक्ष जनशक्ति द्वारा टेस्ट गरिनु को साथै बिसेसज्ञ डा.द्वारा प्रामर्श को लागि समझिनु होला 🙏 न.9819700905 ,9801513689,9815808516🥀🥀

२०८२पुस १२ गते सिरहा लहान अस्पताल चौकस्थित  एलआर.एल.(प्रयोगशाला ,ल्याब)मा आदरणीय दानवीर मुरारी लाल मुरारका ज्यूको आगमन क...
02/01/2026

२०८२पुस १२ गते सिरहा लहान अस्पताल चौकस्थित एलआर.एल.(प्रयोगशाला ,ल्याब)मा आदरणीय दानवीर मुरारी लाल मुरारका ज्यूको आगमन केवल एउटा औपचारिक भेट थिएन, त्यो त विश्वास, सेवा र भावनाको पुस्तान्तरण थियो। उहाँका पिता उध्योगपती एवम् समाजसेवी स्व. परमेश्वरी मुरारकाज्यू लाई २०५८ वर्ष देखि सेवा गर्ने अवसर पाएको स्मृति आज पनि मेरो मनमा ताजै छ। उहाँको सन्तुष्टि र माया कहिल्यै बिर्सन सकिँदैन। आज त्यही विश्वास उहाँका सुपुत्र मुरारी लाल ज्यूमार्फत अझ बलियो भएर फर्किएको अनुभूति भयो । एक विघा १५ कठ्ठा १० ढुर अमूल्य जग्गा राम कुमार सारडा,उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहान लाई हस्तान्तरण गर्दै स्वास्थ्य सेवाप्रतिको उहाँको प्रतिबद्धता कर्ममै उतारिनु हाम्रो लागि गौरवको विषय बन्यो । हाम्रो सानो आग्रहमा एल.आर .एल.ल्याबसम्म आइपुग्नु उहाँको सरलता र महानताको परिचायक थियो ।
उहाँको सम्मानमा मेरी धर्मपत्नी सर्मिलाकुमारी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मेसु डा. मिश्री लाल साह, पूर्व मेसु डा. सुनिल कुशवहा,
लायन्स क्लब अफ फुलबारी लहानका पूर्व अध्यक्ष राकेश झा, लायन्स क्लब अफ फुलबारी लहानका पूर्व अध्यक्ष शंकर प्रसाद गुप्ता, आदरणीय चक्रपाने दाहाल, लायन्स क्लब अफ सिटीका अध्यक्ष ललित महतो, लहान नगरपालिका–३ का वडा अध्यक्ष रामदयाल महतो, रेडक्रस सिरहा जिल्ला सचिव महेश सिंह,
डा. रितेश कुमार गिरि, डा. संजय साह, डा. बिजेन्द्र साह, डा. भावना साह, डा. सुशान्त स्वर्णकार, डा. सुनिल सिंह,डा.मनिषा मेहता, समाजसेवी युवा नेता ज्ञान कुमार सिंह, प्रेस मञ्च सिरहा जिल्ला अध्यक्ष पत्रकार आदरणीय मित्र महेश सिंह, जिल्ला उपाध्यक्ष पत्रकार उषा यादव, पत्रकार आशिष, शिक्षक आदरणीय कुशेश्वर यादव, शिक्षक आदरणीय शैलेन्द्र चौधरी, फार्मेसी गंगा यादवलगायत अन्य आदरणीय महानुभावहरूको गरिमामय उपस्थिति रह्यो । उहाँहरू सबैको उपस्थितिले हामी अझै धन्य भयौं ।
सेवा, समर्पण र सहकार्यले समाज उज्यालो बनाउँछ भन्ने सन्देश पुनः स्थापित गर्ने सम्पूर्ण महानुभावहरूप्रति एल.आर.एल.,ल्याब परिवारको तर्फबाट हार्दिक आभार र कृतज्ञता।
यस्ता व्यक्तित्वहरूकै कारण मानवता आज पनि जीवित छ। 🙏

Happy new year 2026.नव बर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना !🙏
01/01/2026

Happy new year 2026.
नव बर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना !
🙏

एल आर एल (ल्याब )समन्धी सम्पुर्ण जाच (Test) को लागि छुट्टै पहचान !एल.आर.एल.का विशेषता हरु होल बडि टेस्ट ,कारडियेक प्रोफा...
21/12/2025

एल आर एल (ल्याब )समन्धी सम्पुर्ण जाच (Test) को लागि छुट्टै पहचान !एल.आर.एल.का विशेषता हरु होल बडि टेस्ट ,कारडियेक प्रोफाईल ,एफ एन एसि,पाप स्मियर , भिटामिन बि १२,भिटामिन डि ३,एन्टि सि सि पि,एच बि ए 1 सि ,विभिन्न कल्चर एन्ड सेनसिटिभिटी ,ईत्यादी दक्ष जनशक्ति र आधुनिक मेसिन को साथै ब्रान्डडेड रि:एजेन्ट ,केमिकल द्वारा वेल कमपुटराईज जाँच (टेस्ट )र बिसेसज्ञ डा.द्वारा प्रामर्स को लागि लहान को अस्पताल चौक मा ९८१९७००९०५,९८१५८०८५१६✨🎀🙏

जसपा नेपाल सिरहालाई कसैले गोजीबाट चलाउने प्रयास नगर्नुस् । मधेशी जनताको खुन पसिनाबाट बनेको हो जसपा नेपाल । जसपा नेपालका ...
26/11/2025

जसपा नेपाल सिरहालाई कसैले गोजीबाट चलाउने प्रयास नगर्नुस् । मधेशी जनताको खुन पसिनाबाट बनेको हो जसपा नेपाल । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सारा मेहनत गरेर पार्टी बनाउनु हुन्छ, कार्यक्रम बनाउनु हुन्छ, तर केही नेताहरुले त्यसलाई धरासायी बनाउने षड्यन्त्रमा लाग्नु भएको छ । आज सिडियोमार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । त्यो ज्ञापनपत्र जिल्लाका सबै नेता तथा कार्यकर्तालाई सहभागी गराएर बुझाउनु पथ्र्यो र्। तर कसैलाई जानकारी नै नदिइकन सुटुक्क सिडियोलाई भटेर ज्ञापनपत्र बुझाउनुको कुनै अर्थ रहदैन ।
केन्द्रको सर्कुलर अनुसार आज ११ बजे ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर दुई चार जना अवसरवादी नेताहरु १० बजे नै सुटुक्क सिडियोलाई भेटेर ज्ञापनपत्र बुझाउनु भएको छ । त्यसमा सिरहा जसपा नेपालको आम कार्यकर्ताको तर्फबाट घोर आपत्ति छ ।
सबैलाई जानकारी गराएर ज्ञापनपत्र बुझाउन गएको भए एउटा मास हुन्थ्यो, नारा, जुलुस, प्रदर्शन हुन्थ्यो । आमजनतालाई पनि जसपा नेपालको मागको बारेमा, ज्ञापनपत्रको बारेमा जानकारी हुन्थ्यो । तर पार्टीक हित नचाहने केही नेताहरुले गुपचुप ज्ञापनपत्र बुझाउनु भएको छ । म ११ बजे त्यहाँ पुग्दा मात्र थाह पाए कि १० बजे नै बुझाएर उहाँहरु जानु भएको छ रे । नेताज्युहरु चुनाव आउदैछ, पार्टीलाई गोजीबाट निकाल्नुस्, जनजनको पार्टी बनाउनुस् । मेरो आग्रह छ नत्र तपाईहरुकै कारण विगतमा सिरहामा पार्टी डुबेको हो, यो पाली त्यस्तो नहोस् समयमा ध्यान पुर्याउनु होला । जिल्लामा हुने पार्टीको कार्यक्रममा पार्टीका हरेक नेता तथा आमजनालाई जानकारी गराउनु होला भनि अपेक्षा पनि गरेको छ ।
मैले सिरहाका सिडियोलाई जसपा नेपालको मागको बारेमा मौखिक रुपमा जानकारी गराएको छु । जय मधेस ,जय मात्रभुमी 🙏

ที่อยู่

Opposite To Laukaha Thadi Road
Lahan
56500

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ LRL LAHANผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

ทางลัด

แชร์