Namaste Palika

Namaste Palika Namaste Palika is a leading national online news portal in Nepal, dedicated to covering local government affairs and community developments.

This is a new media dedicated to local goverment of Nepal Registered in OCR Kathmandu and DOIB.

बुनपा-११ काे करेसाबारी ब्यबस्थापन  तथा जैविक मल बनाउने  तालिम सम्बन्धि सूचना ।
06/04/2026

बुनपा-११ काे करेसाबारी ब्यबस्थापन तथा जैविक मल बनाउने तालिम सम्बन्धि सूचना ।

06/04/2026

‘जातका आधारमा छुवाछुत, विभेद, दुर्व्यवहार गर्ने कार्य मानवताविरुद्धको अपराध हो ’ - बुढानीलकण्ठ उप-प्रमुख, अनिता लामा ।

बुढानीलकण्ठ नगरपालिकाले विपद्का समयमा प्रभावकारी रूपमा खोज, उद्धार तथा राहत कार्य सञ्चालनमा स्वयंसेवकहरूको भूमिका थप सशक...
06/04/2026

बुढानीलकण्ठ नगरपालिकाले विपद्का समयमा प्रभावकारी रूपमा खोज, उद्धार तथा राहत कार्य सञ्चालनमा स्वयंसेवकहरूको भूमिका थप सशक्त बनाउने उद्देश्यले विपद् स्वयंसेवकहरूका लागि एकदिने अभिमुखीकरण तथा विपद् खोज तथा उद्धार प्रशिक्षण गरेको छ। कार्यक्रममा सहभागी स्वयंसेवकहरूलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान, खोज तथा उद्धारका आवश्यक सीप तथा व्यवहारिक अभ्यास प्रदान गरिएको थियो। प्रशिक्षणमार्फत विपद्को समयमा समुदायस्तरमा तत्काल उद्धार तथा सहयोग कार्यलाई प्रभावकारी बनाउन आवश्यक क्षमता विकासमा जोड दिइएको थियो।

२१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपा...
06/04/2026

२१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपालको सहकार्यमा आयोजित “दलित समुदायको संवैधानिक तथा कानुनी अधिकारको व्यवस्था र स्थानीय सरकारको भूमिका” विषयक नगरपालिका स्तरीय एकदिवसीय अभिमुखीकरण कार्यशाला कार्यक्रम । सो अवसरमा उपप्रमुख लामाले जातका आधारमा गरिने छुवाछुत, विभेद तथा दुर्व्यवहार मानवताविरुद्धको अपराध भएको बताउनुभएको छ |

बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी नग...
06/04/2026

बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी नगरपालिकाले कृषि स्कुल शिक्षा कार्यक्रम गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाद्वारा आयोजना गरिएको उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई कृषि क्षेत्रका आधारभूत तथा आधुनिक प्रविधिसम्बन्धी ज्ञान प्रदान गरिएको हाे।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका उप-प्रमुख अनिता लामाको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी जनसङ्ख्या तथा सामाजिक समावेशीकरण महाशाखाका वरिष्ठ अधिकृत पुष्पा बम, बुढानीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक, कृषि विकास शाखा प्रमुख मेनका तिवारी (भट्टराई) तथा कृषि प्राविधिक टोलीको उपस्थिति रहेको थियो। कार्यक्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

06/04/2026

बुढानीलकण्ठ नगरपालिकाको भ्रमण पश्चात भ्याली पब्लिक हाई स्कुलका विद्यार्थीहरु आफ्नो प्रतिक्रिया दिँदै ।

कागेश्वरी मनोहरा नगरपालिकाको HPV/DNA (पाठेघर सम्बन्धी) नि:शुल्क चेक जाँचगर्ने सम्बन्धी सूचना ।
06/03/2026

कागेश्वरी मनोहरा नगरपालिकाको HPV/DNA (पाठेघर सम्बन्धी) नि:शुल्क चेक जाँचगर्ने सम्बन्धी सूचना ।

06/03/2026

बौद्ध महोत्सव–२०८३ मा सहभागि हुन काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाको अनुरोध ।

भ्याली पब्लिक हाई स्कुलका ८१ जना विद्यार्थीहरूले बुधबार बुढानीलकण्ठ नगरपालिकाको शैक्षिक भ्रमण गरेका छन्। स्थानीय सरकारको...
06/03/2026

भ्याली पब्लिक हाई स्कुलका ८१ जना विद्यार्थीहरूले बुधबार बुढानीलकण्ठ नगरपालिकाको शैक्षिक भ्रमण गरेका छन्। स्थानीय सरकारको संरचना, कार्यप्रणाली तथा सेवा प्रवाहबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले विद्यालयले उक्त भ्रमण कार्यक्रम आयोजना गरेको हो। शिक्षक सुशील ढुङ्गाना, भरत खतिवडा तथा शिक्षिका सबिना खनालको संयोजकत्वमा भ्रमणमा ३२ जना छात्र र ४९ जना छात्रा सहभागी भएका थिए। भ्रमणमा रहनुभएका विद्यार्थीहरूलाई बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले विद्यार्थीहरूलाई स्थानीय तहको परिचय, नगरपालिकाको आयस्रोत, विकास निर्माणका गतिविधि, शिक्षा क्षेत्रमा नगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रम तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि गरिएका प्रयासबारे जानकारी दिनुभयाे ।

बुनपा - ११ काे योजना तर्जुमा भेला सम्बन्धि सुचना !
06/03/2026

बुनपा - ११ काे योजना तर्जुमा भेला सम्बन्धि सुचना !

Address

Jorpati
Hampton, IA
44600

Alerts

Be the first to know and let us send you an email when Namaste Palika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share