14/12/2025
रुघा–खोकी लाग्यो → Antibiotic माग्ने/खुवाउने
ज्वरो आयो → Antibiotic माग्ने/खुवाउने
ढाड दुख्यो→ Antibiotic माग्ने/खुवाउने
पेट दुख्यो → Antibiotic माग्ने/खुवाउने
यो सबै गलत प्रयोग हो।
Antibiotic के हो?
Antibiotic भनेको Bacteria मार्ने औषधि हो।
Virus, Allergy, Dengue, Typhus जस्तो रोगमा Antibiotic ले केही गर्दैन।
👉 धेरै जसो ज्वरो Virus ले हुन्छ।
👉 धेरै जसो रुघा–खोकीमा Antibiotic चाहिदैन।
👉 पेट दुख्दा Antibiotic आवश्यक नै पर्दैन।
🦠 Virus vs Bacteria (सबैले नै बुझ्ने भाषामा)
Virus → ज्वरो, खोकी, रुघा, जिउ दुख्ने, कमजोरि महसुस हुने
👉 Antibiotic को काम 0%
Bacteria → Tonsillitis, Pneumonia, UTI, खटिए घाउ, पिलो, पाकेको घाउ
👉 Antibiotic चाहिन सक्छ तर जाँच बिना थाहा हुँदैन
Antibiotic किन मनलागी खानु हुँदैन?
1) Side Effects
• पेट दुख्ने र अफ्ट्यारो महसुस हुने
• पखाला, वाकवाकि
• Allergy
• छाला रातो उठ्ने
• Liver/Kidney मा असर
2) भोलि औषधि नलाग्ने ‘Antibiotic Resistance’
आज मनलागी खाइयो भने भोलि बच्चा, परिवार, गाउँ समुदायमा औषधि नलाग्ने bacteria बढ्छन्।
3) गलत औषधि हुँदा रोग झन् बिग्रन्छ
4) पैसा खर्च, स्वास्थ्य बर्बाद
Antibiotic कहिले खाने? (सबैभन्दा मुख्य भाग)
👉डाक्टर/HA/ANM जस्तो प्रशिक्षित स्वास्थ्यकर्मीले
bacterial infection भनेर पहिचान पश्चात मात्र।
👉 ज्वरो 2–3 दिन नहट्दा जाँचपछि
👉 घाटि दुख्ने, पिसाब पोल्ने, घाउ बिग्रिने जस्ता
bacterial संकेत देखिँदा
Antibiotic कहिले नखाने?
⛔ Medical बाट मनलागी मागेर।
⛔ छिमेकीले ‘मलाई ठीक भाको’ भन्दै दिएको।
⛔ आधा course खाएर छाड्ने झनै खतरनाक।
🧪 Test गराएर उपचार किन महत्त्वपूर्ण?
Typhoid, Pneumonia, UTI
रोग फरक, औषधि पनि फरक। अनुमान गरेर होइन, परीक्षण गरेर मात्र खानुस्।
Virus मा Antibiotic को कुनै रोल छैन।
🔥 हाम्रो तिर देखिएको मुख्य समस्या
1) बिना जाँच घरमै Antibiotic पठाइदिने( किराना पसलमा सामान किने जसरि) [1st photo]
2) ज्वरो आएको सबैलाई ‘Azithro + Cefixime’ हानेर पठाउने अझै Cefuroxime सुरु गरिसके [2nd Photo]
3) बच्चालाई भारी dose दिने/बिना तौल मापन हचुवामा
4) course पुरा नगर्ने
यी सबैले गाउँमा Antibiotic Resistance झन् बढाउँदैछ।
🛑 Stop Antibiotic Misuse — यही नै हाम्रो अभियान हो।
Antibiotic हतियार हो तर गलत चलायो भने हामी आफैतिर फर्कन्छ।
अन्तमा
प्यारा मेडिकल वाला सर म्याडम हरु लाई मेरो अनुरोध:
“औषधि होइन, सही जानकारी फैलाऔं।”
प्यारा जनसमुदायलाई मेरो अनुरोध:
“Antibiotic खाँदा होइन, सही तरिकाले खाँदा मात्र काम गर्छ।” 🙏
यि फोटोहरु केहि नमुना मात्र हो केहि मेडिकलबाट यसरि औषधिको गलत प्रयोग ब्यापक भैइरहेको छ सचेत रहनुहोस।