28/07/2026
"रोगिलाई निरोगी बनाउने, निरोगीलाई आरोग्यता प्रधान गर्ने, स्वस्थ तथा सौन्दर्यको लागि सञ्जीवनी आयुर्वेद !!!"
घरमै सुगर (मधुमेह) नियन्त्रण गर्न के गर्ने ?
तपाईंलाई मधुमेह छ भने औषधिसँगै दैनिक बानीहरू सुधार्नुहोस् ।
१. सन्तुलित आहार खानुहोस्।
-सेतो चामल, चिनी र मिठाई कम गर्नुहोस् ।
हरियो सागसब्जी, गेडागुडी, सम्पूर्ण अन्न (Whole grains) र पर्याप्त प्रोटिन खानुपर्छ । एकैपटक धेरै खानेभन्दा थोरै–थोरै गरेर खानु राम्रो मानिन्छ ।
२. नियमित हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् ।
-दिनमा कम्तीमा ३० मिनेट छिटोछिटो हिँड्ने वा आफ्नो स्वास्थ्यअनुसार व्यायाम गर्नु लाभदायक हुन्छ ।
३. तौल सन्तुलित राख्नुहोस् ।
-बढी तौल भएका व्यक्तिमा तौल घटाउँदा रगतको चिनी नियन्त्रण गर्न सहयोग पुग्न सक्छ ।
४. पर्याप्त निद्रा लिनुहोस् ।
-दैनिक ७–८ घण्टा गुणस्तरीय निद्रा लिने गर्नुहोस् ।
५. तनाव कम गर्नुहोस् ।
तनावले सबै खाले रोग र समस्यालाई बढाउने काम गर्छ । योग, ध्यान र प्राणायामले तनाव व्यवस्थापन गर्न मद्दत गर्न सक्छ ।
६. नियमित रूपमा सुगर जाँच गर्नुहोस् ।
-डाक्टरले भनेअनुसार रगतको चिनी र HbA1c परीक्षण गराइरहनुहोस् ।
७. डाक्टरलाई जँचाइसकेर औषधि ल्याउनुभएको छ भने डाक्टरको सुझावअनुसार औषधि नियमित सेवन गर्नुहोस् ।
ब्लड सुगरका बिरामीले आफूखुसी औषधि बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने गर्न हुँदैन ।
आयुर्वेदमा मधुमेहलाई प्रमेहअन्तर्गत वर्णन गरिएको छ । यसको उपचारमा रगतको चिनी घटाउने मात्र नभएर अग्नि (पाचन शक्ति), दोष सन्तुलन, आहार–विहार र जीवनशैली सुधारमा नै विशेष जोड दिइन्छ ।
आवश्यकताअनुसार आयुर्वेदिक औषधि चिकित्सकको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।
तर के ध्यान दिनुहोस् भने मैले माथि भनेका घरेलु औषधिले सुगर नियन्त्रणमा सहयोग गर्नेछन् तर औषधि खाइरहनुभएको छ भने त्यो खानै छोडेर गर्नुहोला भनेको होइन । सुगर धेरै बढिरहेको छ, बारम्बार कम भइरहेको छ, अत्यधिक तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने, तौल घट्ने वा दृष्टि धमिलो हुने समस्या छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ ।
थप जानकारी तथा उपचारको लागी सञ्जिबनी आयुर्वेद क्लिनक हेटौंडा, राप्ती रोड (नवलपुर टेम्पू पार्क अगाडि, देवकोटा कम्प्लेक्स ) ☎️057-524757 📲9845191830(WhatsApp) 📧[email protected] यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा (शनिबार बाहेक) आइतबारदेखि शुक्रबारसम्म, बिहान 09:00 बजेदेखि बेलुका 05:00 बजेसम्म चेकजाँच गरी हरेक प्रकारका स्वास्थ्य समस्याहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार भइरहेको छ । क्लिनिक बिहान 08:00 बजेदेखि बेलुका 08:00 बजेसम्म हरेक दिन खुल्ला रहनेछ । "रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो ।" जनचेतनाको लागि भएकाले सक्दो share गरिदिनुहुन अनुरोध छ।