25/05/2026
आज विश्व थाइराइड दिवस । पत्येक वर्ष मे २५ मा विश्वभर थाइराइड दिवस मनाइन्छ।
थाईराइड (Thyroid) हाम्रो घाँटीको अघिल्लो भागमा, रुद्रघण्टीको तलपट्टि रहने पुतली आकारको एउटा ग्रन्थि (Gland) हो।
यसले शरीरका लागि अति आवश्यक हार्मोनहरू (विशेष गरी T3 र T4) उत्पादन गर्छ, जसले हाम्रो शरीरको मेटाबोलिजम (खानालाई ऊर्जामा बदल्ने प्रक्रिया), भोक, निन्द्रा, र मुटुको गति जस्ता महत्वपूर्ण प्रक्रियाहरूलाई नियन्त्रण गर्छ।