Master Godangel

  • Home
  • Master Godangel

Master Godangel Master Godangel is a spiritual master, humanitarian, voice for the voiceless, philosopher of Lovism,

Godangel Bani 6 Jun 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर...
06/06/2026

Godangel Bani 6 Jun 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

दु:खको भवसागर हो यो संसार, यहाँ सबै तिर दुखै दु:ख ब्याप्त छ, शरीरको दु:ख रोग लाग्नु भोक लाग्नु, अनि जन्मिनु र बृद्ध हुनु पनि दु:ख हो, मनको दु:ख चै जति पनि मनको कथा गाथाहरु छन्, मन संग सम्बन्धित लोभ, शोक, पाप, स्वार्थ, अहंकार यी सबै मनको दु:ख हुन् । शरीरको दु:ख शरीर संग संबंधित, मनको दु:ख मन संग संबंधित र चेतनाको दु:ख चेतना संग संबंधित हुन्छ ।

दु:खको मुख्य स्रोत चै आफुले आफैलाई नचिन्नु हो । जब म को हो भनेर थाहा हुन्छ अनि कहाँ बाट आए र कहाँ जाँदैछु भन्ने कुरा बुझे पछि जति पनि दु:खको स्रोत कारणहरु छन् त्यो आफै हटेर जान्छ। आफू एक चेतना मात्रै हो र केवल दुई दिनको पाहुना हो जहाँ बाट आयौं फर्कन्छौ त्यही अर्थात हामी शुन्यता बाट आयौ फर्कन्छौ पनि शुन्यतामै । हामी चेतना हो हामी शुन्यता बाट आएको र शुन्यतामै फर्कन्छौं भने शुन्यतामा फर्कन्दा हामीले के-के लिएर जान्छौं ? अहंकार, सम्मान, धन सम्पत्ति कुनै पनि स्वार्थ सम्बन्धित कुराहरु लिएर जाने छैनौं । म एक चेतना मात्रै हो, मैले यो संसार बाट स्वार्थले कमाएको कुनै चिज लग्दिन केवल पाप र धर्म मात्रै लिएर जानेछु भन्ने कुरा जब भित्रै बाट बोध हुन्छ तब सबै स्वार्थ संग सम्बन्धित इच्छाको ढोका बन्द हुनेछ । सबै भन्दा ठुलो दु:खको कारण नै इच्छा शक्ति हो । म शुष्म चेतना हो भनेर बुझ्न सके सबै स्वार्थ संग सम्बन्धि इच्छाहरु लाई न्यूनीकरण गर्न सकिन्छ। सबै भन्दा मुख्य इच्छालाई सन्तुलन गर्नु चै म शुष्म चेतना हो भनेर जान्नु महशुस गर्नु हो । यसर्थ शरीरको दु:ख शरीर संगै छ, मनको दु:ख मन संगै छ तर सबै भन्दा ठुलो दु:ख चै आफुले आफैलाई नचिन्नुमा छ । त्यो इच्छा तब सम्म हट्दैन जब सम्म म शुष्म चेतना हो भनेर भित्रै बाट महशुस गर्न सकिन्न । सबै दु:खको स्रोत आफुले आफैलाई नचिन्नु हो भने, दु:खको निरोध चै आफुले आफैलाई चिन्नु हो ।
Jai Prem !
With love and blessings
Guruhajur

03/06/2026

🙏

Godangel Bani 30 May 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैको मंगल कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा स्व...
30/05/2026

Godangel Bani 30 May 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैको मंगल कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा स्वर्ग बाट ​​आमाको सन्देश कथा मार्फत राख्न चाहन्छु।

एउटा गाउँमा एउटी विधवा आमा र उनको एक्लो छोरा बस्थ्यो। आमा धेरै बुद्धिमान र प्रतिभाशाली थिइन्, आमा र छोरा घरमा धेरै खुशी थिए। तर भावीको योजना अर्कै थियो एक दिन अचानक गम्भीर रोग लागेर आमाको मृत्यु हुन्छ। आमाको मृत्युले छोरा अत्यन्तै मर्माहत हुन्छ। छोरा आमाको फोटोलाई अँगालो हालेर दिनरात धुरुधुरु रोइ रहन्थ्यो। आमा बिना उनको जीवन उजाड थियो।

एक रात रोइरहेको अवस्थामै छोरा निदायो उनले सपनामा देख्यो कि एक सुन्दर र दिव्य बगैंचा (स्वर्ग) मा उभिरहेकी आमा, एक भव्य दरबार थियो र त्यो दरबारको बगैंचामा उसले आमा शान्त मुस्कुराउँदै रहेको र खुशी देख्यो। उनी सुन्दर सेतो लुगा लगाएकी थिइन्। आमालाई यति खुशी देखेर छोरा दौडिएर आमा कहाँ गयो, र आमालाई कसिलो अँगालो हाल्न चाह्यो तर आमालाई छुन भने सकेन।

छोराले रुँदै सोध्यो "आमा! हजुर यहाँ कसरी? मलाई किन एक्लै छोडेर जानू भो? म हजुर बिना मर्न लागेको छु, हजुर बिना म कसरी बाँचुँ?"

आमाले आफ्नो छोरालाई धेरै मीठो र शान्त स्वरमा भनिन्, "छोरा! मलाई थाहा छ तिमीले मलाई धेरै माया गर्छौ। तर तिमी हरेक दिन यसरी रुनुले मलाई धेरै पीडा दिन्छ। भगवानको दरबारमा संसारमा राम्रो काम गर्नेहरूलाई सधैं खुशी राखिन्छ। म यहाँ पूर्ण रूपमा खुशी, शान्ति र ठिक छु। यदि तिमी यसरी रोइ रहौं भने म यहाँ स्वर्गमा पनि खुशी हुने छैन।" अझै आमाले भन्नू भयो "छोरा! जीवन र मृत्यु भगवानको हातमा छ, यसरी आफ्नो शरीरलाई यातना दिनु तिम्रो लागि ठीक हुँदै-होइन। भगवानले तिमीलाई दिएको जीवन सम्मानका साथ बाँच्नु। म सधैं तिमी सँग नै हुनेछु तिम्रै सम्झनामा। त्यसैले कृपया मेरो लागि रुँन बन्द गर्नु छोरा र तिमी आफ्नो जीवन पुनर्निर्माण गर्नु ल।"

यसो भन्दै आमा बिस्तारै उज्यालोमा हराइन्।

त्यही क्षण छोरा ब्यूँझ्यो उनको आँखा बाट आँसु बग्यो, तर अब ती आँसु दुःखका थिएन शान्तिका थिए। उनले आफ्नी आमाले भनेको कुरा बुझ्यो। उनले आफ्नी आमाको सम्झनालाई आफ्नो हृदयमा सजाएर राख्ने र भगवानले दिएको यो जीवनलाई पूर्ण रूपमा बाँच्ने संकल्प गर्यो।

प्रियजन मृत्यु जीवनको एक अपरिहार्य सत्य हो। जो विदा भएर जानू भयो उहाँहरुको यादमा आँसु बगाउँदै आफ्नो जीवन बर्बाद गर्नु ठीक होइन। विदा भएका प्रियजनहरू प्रति साँचो श्रद्धाञ्जली भनेको उनीहरूलाई बिर्सनु होइन, तर उहाँहरूका राम्रा सम्झनाहरू लाई अँगाल्नु र आफूलाई खुसी राख्दै अगाडि बढ्नु हो।

जन्म र मृत्यु समुन्द्र छाल जस्तै हो, जब समुन्द्र छालिन्छ त्यसपछि दबिन्छ, त्यो छालिएको समुन्द्रको पानी दबिएको मात्रै हो हराएको होइन, त्यस्तै हो जीवन र मृत्यु पनि। वास्तवमा जन्म र मृत्यु नै छैन यो त निरन्तर थियो जसरी समुन्द्रको पानी छालिनु र दबिनु जस्तै, हामी सधै अस्तित्वमा थियौं। मृत्यु भन्ने शब्द छैन, केवल यहाँ मृत्यु सब्दलाई समाप्त होइन तर केही क्षण दबिएको भनेर बुझी लिनु होला, समुन्द्री पानी छालिनु र दबिनु प्रक्रिया जस्तै हो जीवन पनि, समुन्द्रको पानी छालिनु जीवन हो भने दबिनु चै मृत्यु हो तर मृत्यु समाप्त हुनु होइन। जीवन र मृत्यु अलग-अलग धार होइन यी दुबै एक धारमा बहने नदि जस्तै हो, झरी र बादल रुप अलग भए पनि ती दुबै एउटै पानी नै हो, जीवन र मृत्यु पनि रुप अलग-अलग भए पनि सार एकै हो, जन्म र मृत्यु छैन किनकि हामी अहिले जन्मेको होइनौं हाम्रो अस्तित्व पहिला बाटै थियो र मृत्यु पनि समुन्द्री छाल दबिए जस्तो मात्रै हो समाप्त होइन। यसर्थ बादल नै पानी, पानी नै बादल, जीवन नै मृत्यु र मृत्यु जीवन पनि हो। यो संसार बाट बिदा हुँदा कहिले चिन्ता गर्नु हुन्न।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel bani 23 May 2026प्रिय आमा बाबा युवा नानुहरु सम्पुर्णमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल बाणी तर्फ प्रवेश गर्...
23/05/2026

Godangel bani 23 May 2026
प्रिय आमा बाबा युवा नानुहरु सम्पुर्णमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल बाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

प्रिय यात्रीजन, हामीले केही दिनअघि मात्रै Heavenly Day / Lovism Day लाई उत्सवको रूपमा मनायौं। यो दिन उत्सवसँगै हामीलाई आध्यात्मिक मार्गतर्फ लम्किने ऊर्जा मिल्न सकोस्। त्यो ऐतिहासिक दिनले वर्तमानमा हाम्रो पाइला आध्यात्मिकतामा चल्न प्रेरित गरोस् । संसारकै सबैभन्दा उच्च शिखर सगरमाथामा आरोहण गर्नुको कारण कुनै पनि मेरो व्यक्तिगत इच्छा–चाहना थिएन। त्यो कुनै इज्जतको भावना अथवा प्रतिस्पर्धाको भावनाले पनि थिएन, कुनै साहसिक कार्य गर्ने भावनाले पनि होइन। तर मानव–मानवबीच प्रेम सेलाएको देख्दा, मानव र प्राणीबीचको प्रेम सेलाएको देख्दा, मानव र प्रकृतिबीचको प्रेम सेलाएको देख्दा,
"Peayer, Meditation and Request For the WORLD PEACE"भन्ने भावनाका साथमा म सगरमाथाको शिरमा तपस्या गरेको हो । सामान्य भावना ध्यान गर्नु, प्राथाना र अनुरोध गर्नु थियो । ध्यान गर्नुको उदेश्य संसार बाट जो जति बिदा भएर जानु भयो उहाँहरु लाई शान्ति मिलोस् भन्ने कामना अनि आज संसारमा जति बसोबास गरिरहेका छौ मानव लगायत सम्पुर्ण प्राणी जगत सबैको हित होस्, मंगल होस् भन्ने उदेश्य थियो । यो ध्यान केवल मानव–प्राणी लाई मात्रै थिएन तर प्रकृतिलाई पनि टेवा पुगोस् भन्ने ध्यानको उदेश्य थियो । प्रकृतिलाई माया नगर्दा मान्छेले आफुले–आफैलाई ध्वस्त गरिरहेको अवस्था सर्वबिदित छ, यससर्थ प्रकृतिलाई पनि प्रेम गर्न सकौ भन्ने ध्यानको प्रमुख उदेश्य रहेको थियो ।

यो पृथ्वीलाई धर्म, वर्ण, जातको नाममा टुक्रा –टुक्रा पारिएको छ, हिन्दुको देश, मुस्लिमको देश, क्रीस्चियनको देश, त्यो देश भित्र पनि वर्ण, जातको आधारमा बिभाजन गरिएको छ, एक राष्ट्रले अर्को राष्ट्रलाई मात्रै होइन, एउटा धर्मले अर्को धर्मलाई मात्रै होइन आज यहाँ हिन्दु हिन्दु मै लडाइँ छ, मुस्लिम मुस्लिम मै लडाइँ छ, क्रीस्चियन क्रीस्चियन मै लडाइँ छ यो सबै हुनुको एउटै कारण हो आज प्रेम सेलाएको छ । भगवानहरुको उपदेश वाणीहरुलाई कथा मात्रै बनाएर विस्तार गरियो, तर अनुसरण गर्ने तिर ध्यान गएको पाइन्न, भगवानहरुको ज्ञानलाई विभिन्न शास्त्र बनाएर प्रचार गरिए तर खुद आफैले ग्रहण गरिएन, यसर्थ हामीले भगवानहरुको उपदेशलाई ब्यबहारिक रूपमा ग्रहण गर्नु सक्नु पर्छ, हामीले भगवानहरुको उपदेशलाई कथा मात्रै बनाउने होइन भगवानको प्रत्येक पाइला–पाइलामा हाम्रो पाइला खेप्नु पर्छ। Heavenly Day / Lovism Day ले हामीलाई यही सन्देश दिएको छ ।

यो पृथ्वी हामी मानव लगायत सम्पुर्ण जीव प्राणीहरुको साझा घर हो, यो पृथ्वीलाई प्रेम गर्नु, संरक्षण गर्नु हामी सबै मान्छेको दायित्व हो । अहिले पृथ्वीको आयु लम्बाउनको निम्ति हामी सबैले शान्तिमा जिउनु पर्छ, जब यो पृथ्वी शान्ति रहन्छ तब मात्रै यो पृथ्वीमा रहने मानव लगायत सारा प्राणीहरुलाई शान्ति मिल्नेछ, यो पृथ्वीलाई शान्ति राख्नको निम्ति एउटै मात्रै उपाय छ त्यो हो “प्रेम“ यानकी प्रेमले जिउनु, यही प्रेमको भावभुमिमा टेकेर उठेको दर्शन हो प्रेमवाद ।

प्रियजन Heavenly Day / Lovism Day लाई हजुरहरुले आ–आफ्नो ठाँउ बाट पालन गर्नु भएको छ, हजुरहरु आ–आफ्नो ठाँउमा असल कर्म गरिरहनु भएको छ । प्रेमवादको दर्शन अनुसार आफ्नो जीवनलाई व्यबहारमा ढाल्न प्रयात्नशिल हुनुहुन्छ, हजुरहरु सबैले आफ्नो ठाँउ बाट संसारलाई बचाउने कुनै न कुनै भुमिका निभाई रहनु भएको छ । प्रेमवादीहरु संसार बचाउने एक नवीन आशाको मुना हो, उज्यालोमा हिड्ने मात्रै होइन आफै जल्दै अरुलाई उज्यालो प्रकाश छर्ने दियो हो । संसार भरिका प्रेमवादी हजुरहरुलाई हृदय भरिको धन्यवाद चढाउदै Heavenly Day / Lovism Day द्वारा सदैव असल कर्ममा अग्रसर हुने प्रेरणा मिलिरहोस्, सम्पुर्णमा भित्री हृदय देखि कृतज्ञता चढाउछु ।
Jai Prem !
With Love and Blessings
Master Godangel

Happy Lovism Day 2026 !प्रिय आमाबाबा युवा नानुहरु,आज Lovism Day अर्थात हिजो 20 May मा संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथ...
21/05/2026

Happy Lovism Day 2026 !

प्रिय आमाबाबा युवा नानुहरु,
आज Lovism Day अर्थात हिजो 20 May मा संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा सारा प्राणी जगतको कल्याण-मंगलको कामना गर्दै 32 घन्टा 27 मिनेट शिखरमै रहि 27 घन्टा ईश्वर समक्ष विन्ती अनुरोध पूरा गरि मैले सगरमाथाको शिखर छोडेर झरेको दिन "Top of the World" मा तपस्या सम्पन्न गरेको सुखद दिन (Lovism Day) उत्सबको दिन हो । यो हेभेन्ली/लभिजम डे ले हामीलाई प्रेममय, करुणामय बन्न प्रेरणा मिलोस्, हाम्रो यो जिन्दगी केही हद सम्म भए पनि संसारको दु:ख उठाउने कर्ममा, संसार बचाउने अनि अबोध निरीह प्राणी र दिन दु:खीको सेवामा खर्चनु सकौं, जीवनको परिभाषा नै सेवा हो । मानव कर्तव्य पूरा गर्दै हाम्रो जीवन धन्य बनाउ र अरुको जीवनमा पनि आफु खुशीको कारण बन्न सकौं, यहीँ अनुरोध गर्दै हजुरहरु जहाँ रहे पनि जस्तोसुकै अवस्थामा रहे पनि खुशी र प्रेमले नै रहनु, हजुरहरु सबैमा सदैव मेरो धेरै प्रेम अनि आशिर्बाद ।
Once again, Happy Lovism Day !
I wish you very good days ahead !
With Immence love and blessings
Guruhajur,
Jai Prem!

20/05/2026
Happy Heavenly Day ! प्रिय आमाबाबा युवा नानुहरु, आजको दिन अर्थात May 20 को विहान सवेरै सगरमाथाको चुचुरोमा पुगेर सारा प्र...
20/05/2026

Happy Heavenly Day !

प्रिय आमाबाबा युवा नानुहरु,
आजको दिन अर्थात May 20 को विहान सवेरै सगरमाथाको चुचुरोमा पुगेर सारा प्राणी जगतको हितार्थ भगवान समक्ष विन्ति बिसाउन धर्तिको शिरमा ३२ घन्टा २७ मिनेट रहि २७ घन्टा पुर्ण तपस्यामा रहेको दिन हो । यो कुरा स्मरण गर्दा म अहिले धर्तिको शिर सगरमाथा शिखरमै रहिरहेको महसुश गर्दै मेरो विन्ति र तपस्या सारा प्राणी जगतको लागि निरन्तर भैइरहेको छ। आजको दिनबाट हामीलाई अझ धेरै आध्यात्मिक बन्न सहायता मिलोस्। हामी सवैले प्रेमको माध्यम बाट यो संसार बचाउन र प्राणीको कल्याणको लागि केहि न केहि कर्म गर्न सकौँ । सवैको भलाई र मँगलको कामना गर्न सकौँ !

प्रियजन हेभेन्ली डे (Heavenly Day) मा सके सम्म ब्रत बसेर वा फलफुल मात्रै सेवन गरेर आध्यात्मिक चिन्तन गर्ने दिन हो। हामी यो संसारमा पाहुना मात्रै हौ, त्यसैले यहाँ बाट विदा भएपछि के हुन्छ, त्यो कुराको चिन्तन गर्ने दिन हो ।
Once again Happy Heavenly Day.
जय प्रेम!
धेरै प्रेम अनि आशिर्बादका साथ
गुरुहजुर

Godangel Bani 16 May 2026प्रिय आमाबाबा युवा नानुहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनु...
16/05/2026

Godangel Bani 16 May 2026
प्रिय आमाबाबा युवा नानुहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

प्रियजन जब आफैलाई बुझिन्छ तब संसार यति उज्यालो भएर आउँछ कि कतै अन्धकार हुँदैन, तर जब सम्म आफुले आफैलाई चिनिन्दैन तब सम्म मान्छे यो धर्म र त्यो धर्म भन्दै डौडिन्छ, जब सम्म आफुले आफैलाई चिनिन्दैन तब सम्म यो गुरु त्यो गुरु, यो माता त्यो माता, यो मन्दिर त्यो मन्दिर भन्दै भौतारी रहिन्छ । कहिले जोखाना हेराई तिर कहिले जोतिष शास्त्र तिर आफ्नो भाग्यको खोजिमा मान्छे भौतारी रहन्छ । मेरो भाग्य कहाँ छ ? मेरो भाग्य कस्तो छ ? कुनै सानो घट्न घट्छ त्यहाँ ग्रह दशा बिग्रेछ सोचिन्छ, तर जब आफुले आफैलाई चिनिन्छ तब वास्तवमा हामी आफै बुद्ध बन्छौं, त्यहाँ कुनै गुरु, माताको आवस्यकता पर्दैन, आफुले आफैलाई चिनिसके पछि उदेश्य संसारमा आउनुको कारण थाहा भैसके पछि कसैलाई गुरु या माताको आवश्यक पर्दैन, मेरो प्रायस यही हो यहाँहरु सबै चेला होइन यहाँहरु आफै गुरु बन्नु पर्छ । यहाँ सबै यात्रीहरु उज्यालोमा हिड्न मात्रै होइन तर आफै उज्यालो छर्ने एक दियो बन्नु पर्छ । म यहाँहरु लाई चेला बनाउन आएको होइन यहाँहरु लाई म गुरु बनाउन आएको हो, यसर्थ यहाँहरुले आफुले आफैलाई चिन्नु पर्छ, प्रेमको मार्ग हिडेर असल कर्म गर्ने यहाँहरु सबैको लागि निर्भाणामा ठाउँ छ ।
Jai Prem !
With love and blessings

Godangel Bani 9 May 2026प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा र...
09/05/2026

Godangel Bani 9 May 2026
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा राख्न चाहन्छु ।

एक किसानको खच्चड इनारमा खस्छ,किसानले के गर्ने भनेर सोच्दै गर्दा त्यो खच्चड घण्टौं सम्म दयनीय रूपमा रुँदै इनार भित्र रहन्छ । अन्ततः किसानले निर्णय गर्छ कि इनारलाई जसरी पनि पुर्नु नै छ, खच्चड पनि बुढो भैसक्यो अब इनार संगै यो बूढो खच्चडलाई पनि यही पुरी दिन्छु, किनकि यो खच्चड निकाल्नुको कुनै अर्थ छैन ।

किसानले आफ्ना सबै छिमेकीहरूलाई मद्दत गर्न आउन निम्तो दिन्छ, छिमेकीहरू सबैले एउटा बेल्चा लिएर इनारमा माटो खन्याउन थाले । सुरुमा त खच्चडले मलाई पुर्न लागेको भनेर झन् आत्तिएर रुँदै बेस्सरी करायो, किसानले छिमेकीहरु संग मिलेर निरन्तर इनार पुरी रहे । किसानका छिमेकीहरूले खच्चड माथि माटो फाल्न जारी राख्दा खच्चडले यस्तो जुक्ति लगायो कि जति माटो खस्छ उति आफ्नो ढाडको माटोलाई हल्लाउँदै भुँइमा खसाल्दै एक पाइला माथि उठ्छ । त्यसपछि सबैलाई अचम्मित पार्दै खच्चड शान्त रहन्छ ।

केही समयको निरन्तर माटो खसाई पछि किसानले अन्ततः इनार तल हेरे । उसले जे देख्यो त्यसमा ऊ छक्क पर्यो । खच्चडको ढाडमा खसेको प्रत्येक बेल्चा माटो खच्चडले केही अचम्मको काम गरि रहेको थियो, उसले त्यसलाई हल्लाउँथ्यो र एक पाइला माथि उठाउँथ्यो । किसानका छिमेकीहरुले इनारमा माटो निरन्तर खनाए झन् चाँडै नै खच्चड इनारको किनारमा चढ्यो र खुसी साथ त्यहाँ बाट बाहिर निस्कियो, इनार पुर्ने सबै जना छक्क परे !

प्रियजन कथाले हामीलाई यो नैतिक शिक्षा दिइरहेको छ कि जसरी एउटा खच्चड जीवनमा आत्तिनु छाडेर शान्त पुर्वक आफू माथि बर्सिएको माटोलाई हल्लाउँदै भुँइमा झार्दै त्यसैलाई एक पाइला माथी टेक्दै इनारको गहिराई बाट किनारा हुँदै बाहिर निस्कन सफल भयो, त्यसैगरी हामी पनि अनेकौं कठिन समय बाट गुज्रि रहेको जो कोहीको लागि समस्या बाट बाहिर निस्कने तरिका यही हो । रुँदै आत्तिएर वा समस्या बाट हार मानेर होइन तर जस्तै चुनौती पुर्ण समस्या आइपरे पनि शान्त रहेर विवेक पुर्ण त्यो समस्याहरुलाई अवसरमा बदल्न हरपल संघर्ष गर्न कहिले थाक्नु हुन्न, कहिले हार मान्नु हुन्न, हार नमानी संघर्ष गर्नु भनेको एक पाइला माथि उठाउनु हो । हाम्रा प्रत्येक समस्याहरू एउटा पाइलाको ढुङ्गा हुन् जहाँ हामी सिंडी बनाएर माथि उठ्छौं, हामी गहिरो समस्या बाट बाहिर निस्कन सक्छौं केवल समस्यामा संघर्ष छेड्न नरोकेर, कहिल्यै हार नमानेर ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel bani 2 May 2026प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश ...
02/05/2026

Godangel bani 2 May 2026
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

हामीले भगवानलाई कसरी चिनेका छौं भन्ने सवालमा व्याख्या गर्दै छौ, त्यो भन्दा अगाडि एउटा सानो कथा सुनौं । एकदिनको कुरा हो एउटा ठुलो हात्ती हुन्छ अनि त्यो हात्ती चै कस्तो हुन्छ भनेर गाउँमा खैलाबैली मच्चिएछ । त्यहाँ पाँच जना मान्छेहरु चाहि आँखा नदेख्नेहरु पनि हुनुहुन्थ्यो । उहाँहरुले हात्ती कस्तो हुने रहेछ हामी पनि जाउ छामेर हेरौं भन्दै जानु भएछ । जब हात्ती भएको ठाँउमा पुगेर एकजनाले हात्तीलाई छाम्छ उहाँको हात सुढमा परेछ र उहाँले भन्नु भएछ हात्ती त केराको थम्बा जस्तो पो हुदो रहेछ, फेरि अर्को जनाले खुट्टा छाम्नु भएछ हैट हात्ती त त्यस्तो होइन हात्ती त खम्बा जस्तो रहेछ, फेरि तेस्रो ब्यक्तिले छाम्दा कान छाम्नु भएछ अनि भनेछ हात्ती त नाङलो जस्तो हुँदो रहेछ, चौंथो ब्यक्तिले छाम्न पुग्छ उहाँको हात शरीरमा परेछ अनि उहाँले भन्नु भएछ हात्ती त भित्ता जस्तो हुँदो रहेछ र अन्तिममा पाँचौ ब्यक्तिले छाम्नु हुन्छ त्यो बेला उहाँको हात हात्तीको पुच्छरमा पर्छ अनि भन्नु हुन्छ हैन हात्ती त डोरी जस्तो पो हुँदो रहेछ ।

कसैले भित्ता जस्तो, कसैले खम्बा जस्तो, कसैले नाङलो जस्तो, कसैले केराको थम्बा जस्तो र कसैले डोरी जस्तो हुन्छ भन्दै उहाँहरु एक-अर्कामा पुरा झगडा गर्न थाल्नु भएछ । आ–आफ्नो धारणा अनुसार आफ्नो कुरामा उहाँहरु अडिक भएर झगडा गर्न थाल्नु भएछ । हात्तीको विषयमा यहाँ नैतिकता सकियो, उहाँहरुको झगडा चर्की रहेको थियो त्यही समयमा एकजना समाजदार ब्यक्ति आएर सम्झाउदै हात्तीको बारेमा बुझाउनु भयो कि हजुरहरु सबै सही हुनुहुन्छ हजुरहरुले हात्तीको जुन-जुन भाग छुनु भयो त्यही भाग जस्तो लाग्यो तर हात्ती त्यति मात्र होइन नि, हात्तीको सर्वाङ्ग भाग हजुरहरुले छाम्नु भएको भए हरेकको कुरा मिल्थ्यो भनी सके पछि ती आँखा नदेख्ने पाँच जना ब्यक्तिहरुको बिबाद त्यही सामाधान भयोे ।

यहाँ यो कथा बाट हामीले सिक्नु पर्ने कुरा सरल छ, भगवान के हो ? कसैको लागि एकल धार्मीक, कसैको लागि वहु धार्मीक, कसैको लागि भगवान सरस्वति हो आमाको रुपमा हुनुहुन्छ, भगवान बाबाको रुपमा हुनुहुन्छ । भगवान आ-आफ्नै परम्परा , संस्कार र धर्मबाट बुझ्ने आ-आफ्नै तरिका छ । जसरी दृष्टि बिहिन ब्यक्तिहरु मैले छामेको सहि हो, म सही छु भनेर जुन प्रकारको आफ्नो तर्क राख्दै बिबाद गर्नु भयो त्यसैगरी हामीले पनि भगवानको बृहत्तलाई नबुझेर एक अर्कामा लडाइ लडिरहेका छौ ।

हामी भगवानको विषयमा भगवान यो हो, त्यो हो भनेर जसरी बझ्ने प्रयत्न गर्‍यो अनि त्यसैको आधारमा धर्म, संस्कार बनायौ र त्यही आधारमा फेरी झगडा गर्न थाल्यौं कि सबैभन्दा मेरो धर्म ठुलो, सबै भन्दा मेरो संस्कार उत्कृष्ट हो । यसैको कारणले गर्दा आज हामी एक-अर्का बीचमा घृणाभाव जागेको छ, धर्मको नाममा लडाइ झगडा हुनु भैरहेको छ । प्रेमवाद दर्शनले भन्छ भगवान जसरी जपेका छौ जुन प्रकारले बुझेका छौ त्यो गलत नभएको हुन सक्छ तर भगवानको कुनै भाग मात्र बुझेको हुन सक्छौ, भगवानको एउटा अंश मात्र बुझेका हुन सक्छौ, भगवानको बृहत्तलाई बझ्ने हो भने त्यो भन्दा गहिराई छ ।

यसर्थ हामी यो धर्म त्यो धर्म, यो संस्कार त्यो संस्कार भन्दै बिबाद गर्न छोडौं, जसले जसरी बुझेको भए पनि भगवानलाई बुझ्न गहिराईमा जाने हामीले प्रयास गर्नु पर्छ । प्रेमवाद दर्शनले भन्दछ , भगवानलाई बुझ्नको लागी हामीले शुन्यतालाई बुझ्नु पर्दछ । जसरी अक्षर पढ्न नजान्नेको लागी कालो अक्षर भैँसी बराबर भने झै हामी गर्छौ त्यस्तै , शुन्यताको विषयमा ज्ञान नहुदा हाम्रो लागी भगवान भनेको कालो लक्षर भैँसी वरावर नै हुनेछ ।
जय प्रेम !
With love and blessings
Guruhajur

Address


Website

Alerts

Be the first to know and let us send you an email when Master Godangel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share