Dr.Om Murti Anil

Dr.Om Murti Anil मुटुरोग विशेषज्ञ,नेशनल कार्डियाक सेंटर, बसुंधरा, 015907144. MBBS, MD Medicine,DM Cardiology (AIIMS)
(1240)

स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारी र विशेष गरेर मुटुरोग रोकथामको लागि नियमित हेल्थ टिप्सको लागि मेरो यो पेज र "Watch Now" मा गएर युट्युब च्यानल लाई Subscribe गर्नुहोला 🙏

28/08/2026

बाढीको पूर्वसूचना जारी भएकाले सम्पूर्णमा सतर्क रहन अनुरोध गर्दछु।

आफू सुरक्षित रहौँ र सम्भावित जोखिममा रहेका परिवार तथा समुदायलाई पनि सचेत गराऔँ।

सूचना सम्बन्धित व्यक्तिहरूसम्म पुर्‍याउन मद्धत गरौँ 🙏

27/08/2026

Help 🙏

26/08/2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले पुर्‍याएको क्षतिको खबरले दुःख लागेको छ। जोखिमयुक्त क्षेत्रमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध गर्दछु।

कृपया आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र विश्वास गरौँ, त्यस्ता सूचनालाई मात्र पछ्याऔँ र सामाजिक सञ्जालमा अपुष्ट खबरहरू शेयर नगरौँ।

सुरक्षित रहौँ 🙏

24/08/2026

खुसीको कुरा

24/08/2026

मेरो यो दुविधाको अन्त्य गर्ने प्रयास गर्नु होला 🙏

कहिलेकाहीँ जीवनमा कसैले हामीसँग मदत माग्छ। हामीले आफ्नो सामर्थ्यअनुसार सक्दो मदत गर्छौं। कहिलेकाहीँ उसले अपेक्षा गरेभन्दा पनि बढी गर्छौं। फेरि उसलाई मदत चाहिन्छ, हामी फेरि गर्छौं। यसरी यो सिलसिला केही पटक चल्छ।

तर एक दिन यस्तो आउँछ—उसले फेरि मदत माग्छ, तर यसपटक हामी मदत गर्न सक्दैनौँ। मदत गर्न नचाहेर होइन, तर आफ्नै परिस्थिति, आफ्नै बाध्यता वा आफ्नै कारणले। र हरेक व्यक्तिगत परिस्थिति अरूलाई बताउनैपर्छ भन्ने पनि हुँदैन।

त्यसपछि त्यो व्यक्ति दुःखी हुन्छ, नराम्रो मान्छ। सायद उसको ठाउँमा हामी भएको भए हामीलाई पनि नराम्रो लाग्न सक्थ्यो। उसको भावना पनि स्वाभाविक नै होला।

तर यहाँ मेरो मनमा एउटा प्रश्न उठ्छ—

मैले अघिल्ला पटक गरेको सबै मदतको मूल्य के भयो त?

के एउटा पटक मदत गर्न नसक्दा, त्यसअघिका सबै मदतहरू बिर्सिन मिल्छ?
के हामीले कसैलाई एकपटक मदत गरेपछि, अब सधैँ मदत गरिरहनैपर्छ?
नत्र, मदत नगरेको दिनदेखि हामी उसको नजरमा नराम्रो व्यक्ति बन्नुपर्छ?

सायद मेरो पनि गल्ती होला, सायद उसको पनि कुनै अपेक्षा होला। तर यस्तो अवस्थामा गल्ती कसको ?

23/08/2026

मिरगौला बारेमा

22/08/2026

COFFEE ☕️

“डाक्टर साब, तपाईं social media को फोटोमा देखिनुभन्दा प्रत्यक्षमा त धेरै जवान देखिनुहुन्छ नि!” सेल्फी बाट Age gap पूरा ग...
21/08/2026

“डाक्टर साब, तपाईं social media को फोटोमा देखिनुभन्दा प्रत्यक्षमा त धेरै जवान देखिनुहुन्छ नि!”

सेल्फी बाट Age gap पूरा गर्ने प्रयास 🤣🤣

18/08/2026

एउटा यस्तो खाना 🫘

सर्पसँग प्रकृतिले एउटा शक्तिशाली हतियार दिएको छ, त्यो हो विष। त्यही विषले उसले आफूभन्दा धेरै ठूलो र शक्तिशाली जनावरलाई स...
17/08/2026

सर्पसँग प्रकृतिले एउटा शक्तिशाली हतियार दिएको छ, त्यो हो विष। त्यही विषले उसले आफूभन्दा धेरै ठूलो र शक्तिशाली जनावरलाई समेत मार्न सक्छ।

तर सर्पले आफ्नो विषको दुरुपयोग गर्दैन। प्रकृतिले दिएको त्यो शक्ति , आफ्नो जीवन जोगाउनका लागि मात्र प्रयोग गर्छ ।

जीवनमा जब हामीले ज्ञान, धन, पद, शक्ति, प्रभाव वा अधिकार प्राप्त गर्छौँ, त्यसलाई अरूलाई दबाउन वा हानि पुर्‍याउन प्रयोग गर्नु हुँदैन।

शक्ति पाएपछि त्यसको दुरुपयोग गर्दै गयौँ भने, भोलि त्यही शक्ति हामीलाई नै आफ्नो जीवनको लागि नरहन सकछ ।

शक्तिशाली हुनु ठूलो कुरा होइन,
यस्को सही ठाउँमा, सही समयमा र सही उद्देश्यका लागि प्रयोग गर्न सक्नु नै वास्तविक शक्ति हो।

Address

Basundhara
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr.Om Murti Anil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category