19/06/2026
विश्व सिकल सेल एनेमिया दिवस (जुन १९) को अवसरमा, NPI नारायणी सामुदायिक अस्पतालका डा. सन्तोष राउत कुर्मीद्वारा सिकल सेल एनेमियाबारे जनचेतनामूलक जानकारी प्रस्तुत गरिएको छ।
सिकल सेल एनेमिया एक वंशाणुगत रगतसम्बन्धी रोग हो, जसको समयमै पहिचान, नियमित जाँच तथा उचित व्यवस्थापनले बिरामीको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ। यस दिवसको अवसरमा रोगबारे सचेत बनौं, समयमै परीक्षण गरौं र स्वस्थ समाज निर्माणमा योगदान दिऔं।